नागेलस्म्यान

नागेलस्म्यानको सुखद् सुरुआत

काठमाडौं । सन् २०२४ युरो आयोजक जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई ३–१ ले हराएको छ । यो जितसँगै नवनियुक्त प्रशिक्षक जुलिअन नागेलस्म्यानले सुखद् सुरुआत गरेका छन् ।

३६ वर्षीय नागेलस्म्यानले जुलाईमा जर्मन टोली हेर्न सम्झौता गरेका थिए । सेप्टेम्बरमा ह्यान्सी फ्लिक बर्खास्तगी परेपछि नागेलस्म्यानले जर्मन टोली हेरिरहेका छन् । जहाँ जर्मनी जापानसँग ४–१ को अप्रत्यासित नतिजा निकाल्न पुगेको थियो ।

युरोपियन च्याम्पियनसिपमा आयोजकको आधारमा छनोट भइसकेको जर्मनीले बिहीबार फिलाडेल्फियामा मेक्सिकोसँग खेल्नेछ ।

खेलमा घरेलु टोलीका क्रिष्टियन पुलिसिकले अग्रता बनाएका थिए । उनले २७औं मिनेटमा गोल गरेका हुन् । ३९औं मिनेटमा इल्काय गुन्डोगानले गोल गर्दा जर्मनीले बराबरी गोल गरेको थियो ।

दोस्रो हाफमा जर्मनीले दुई गोल थप्यो । निकलास फुलक्रुङले गोल गरे । जमल मुसियाला ६१औं मिनेटमा गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाएका हुन् ।