वैशाख २६, २०८२ शुक्रबार | ११:३४:४१
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

मालिकादेवी कपः पहिलो दिन ४ खेल सम्पन्न

सिन्धुपाल्चोक । मालिकादेवी नकआउट सेभेन ‘ए’ साइड नगर कप फुटबल प्रतियोगिताको पहिलो दिन शनिबार ४ खेल सम्पन्न भएको छ ।  

उद्घाटन खेलमा आयोजक मेलचौर युवा जागरण समाज ‘बी’ ले सहिद स्मृति युवा क्लबलाई ३-१ ले पराजित गरेको थियो। मेलचौरले पहिलो हाफमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै दोस्रो हाफमा ३ गोल गरेको थियो।

मेलचौरलाई जित दिलाउन विपिन गिरी २ र उमेश तामाङ १ गोल गरे सहिद स्मृतिका आर्यन काजी थापाले गरेको एक गोल सान्त्वना बन्यो।

दोस्रो खेलमा धार्पा युवा क्लब र इन्द्रध्वज गणबीच हुने तालिका थियो तर निर्धारित समयमा धार्पा उपस्थित नभएपछि इन्द्रध्वज गण विजेता घोषित भयो ।

तेस्रो खेलमा फाइभ स्टार युथ क्लबले धोबीखोला युवा क्लबलाई ८-३ को फराकिलो अन्तरले हरायो । फाइभ स्टारलाई जित दिलाउन रेशम माजीले ५, रोमन परियार, विशाल राना, स्वम दनुवारले समान १ गोल गरे धोबिखोलाको लागि इशान कार्की, नवीन कार्की र जुन कुमारले समान १ गोल फर्काए ।

यस्तै चौथो तथा अन्तिम खेलमा थुम्की डाँडा युथ क्लबले भिमेश्वरी समाजसेवी युवा क्लबलाई १-० स्तब्ध बनायो ।  पहिलो हाफमा आकाश सापकोटाले फ्रिकिकमा गरेको गोल नै थुम्की डाँडालाई जित दिलाउन पर्याप्त बन्यो ।

विजेता टोलीले दोस्रो चरणमा स्थमा बनाएका छन् ।

आइतबार बिहान ७ः३० बजे वडा नम्बर ८ र जल्किने युथ क्लब, बिहान ९ बजे वडा नम्बर ५ र जिल्ला प्रहरी कार्यालय, दिउँसो १ बजे सुकुटे युवा जागरण र वडा नम्बर ४, दिउँसो २ः३० बजे चौतारा ५ युवा क्लव र सिंहमति युवा क्लब, दिउँसो ४ बजे सहिद स्मृति युवा क्लब‘ए’ र रोयल फ्यामेलीबीच प्रतिस्पर्धा हुनेछ।

मेलचौर युवा जागरण समाजको आयोजनामा भएको प्रतियोगिता कार्तिक ३ गतेसम्म हुनेछ । यसपटक अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा ३१ हजार बढाइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ तथा उपविजेता टोलीले ६६ हजार ६ सय ६६ सहित  ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। यसैगरी फेयर प्ले अवार्ड पनि रहेको छ।

 प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौर दरबारडाँडा खेल मैदानमा भइरहेका छन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP