काठमाडौं । इङ्लिस प्रिमियर लिगमा सोमबार चेल्सीले घरेलु टोली फुलहमविरुद्ध २-० को सहज जित निकालेको छ ।
जितसँगै ७ खेलमा ८ अंक जोडेको चेल्सी ११ औं स्थानमा रहँदा पराजय व्यहोरेको फुलहम समान खेलबाट ८ अंककै साथ १३ औं स्थानमा छ ।
कार्भेन कटेज रंगशालामा चेल्सीलाई जित दिलाउन मिखाइलो मुड्रिक र अर्मान्डो ब्रोजाले गोल गरे ।
खेलको १८ औं मिनेटमा मुड्रिकको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । उनले लेभी कोलविलको पासलाई सदुपयोग गरेका थिए ।
एक मिनेटपछि नै ब्रोजाले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि गोल थप गोल हुन नसक्दा चेल्सी २-० ले विजयी भयो ।
चेल्सीले तीन खेलपछि जित निकालेको हो । पछिल्ला तीन खेलमा चेल्सीले २ हार र १ बराबरीको नतिजा निकालेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
