जर्मन बुन्डेसलिगा

बायर्नले लाइपजिगलाई बराबरीमा रोक्यो

काठमाडौं । साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगलाई २-२ को बराबरीमा रोकेको छ ।

शनिबार घरेलु टोली लाइपजिगविरुद्ध २-० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरामगन गर्दै बायर्नले अंक खोस्न सफल भएको हो ।

यस नतितासँगै ६ खेलमा १४ अंक जोडेको बायर्न तेस्रो स्थानमा छ । लाइपजिग समान खेलबाट १३ अंकका साथ पाँचौं स्थानमा छ ।  

रेडबुल एरिन रंगशालामा खेलको २० औं मिनेटमा लोइस ओपेन्डाको गोलमार्फत  लाइपजिगले अग्रता लिएको थियो । ६ मिनेटपछि नै केन्टेलो लुकबाले टोलीको अग्रता दोब्बर बनाए ।

५७ औं मिनेटमा बायर्नका ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । यसै सिजन बायर्न आएका केनको बुन्डेसलिगामा गोल संख्या ८ पुगेको छ ।

७० औं मिनेटमा लिरोय सानेले गोल गर्दै बायर्नलाई २-२ को बराबरीमा ल्याए ।