चैत्र ५, २०८२ बिहीबार | २०:५१:३५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

नवयुग, नविन, जिलेस्पी र अञ्जन दोस्रो पटकमा बिक्री

काठमाडौं । पहिलो चरणमा खरिद नभएका ‘ए’ श्रेणीका चर्चित खेलाडीलाई दोस्रो चरणमा क्लबहरुले छनोट गरेका छन् ।

पहिलो चरणमा बिक्री नभएका नवयुग श्रेष्ठ, नविन लामा, जिलेस्पीजंग कार्की र अञ्जन राई रिजर्भ खेलाडीबाट दोस्रो चरणमा छनोट भएका हुन् । 

अञ्जन राईलाई तीन क्लबले खरिद गरेका थिए । बुटवल लुम्बिनी, काठमाडौं र एफसी चितवनबीच प्रतिस्पर्धा गरेका थिए । अञ्जन पूर्व क्लब काठमाडौंमा रहे ।  

नविन लामालाई काठमाडौं, चितवन र इलामले लिलामी गरेका थिए । गतसिजन ललितपुरबाट खेलेका नविन यसपटक इलाम पुगे ।

नवयुग श्रेष्ठदोस्रो पटकमा बुटबल र चितवनको भागमा परेका थिए । चितवनले बाजी मारेको थियो । जिलेस्पीजंग कार्कीलाई बुटवल लुम्बिनी र काठमाडौंको भागमा थिए । उनी बुटवल लुम्बिनी पुगेका हुन् । सबै खेलाडी न्युनतम एक लाख ५० हजारमा खरिद भएका छन् । 

आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लीले अक्सनमा एक सय ७९ खेलाडीलाई राखेको छ । ‘ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् ।

कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिनेछ । यसअघि श्रेणी ‘ए‘ बाट ठूलो नाम स्ट्राइकर नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्की तथा रक्षक अञ्जन राई अनसोल्ड भएका छन् ।

यसैगरी सर्वाधिक मुल्य (तीन लाख ५० हजार) मा लाकेन लिम्बू र सनिस श्रेष्ठ बिक्री भएका छन् । लाकेनलाई ९ क्लब र सनिसलाई धनगढी बाहेक आठ क्लबले लिन प्रतिस्पर्धा गरेका थिए । गोलप्रथाबाट लाकेन झापा र सनिस ललितपुर सिटी पुगेका हुन् ।  यसैगरी सुदीप गुरुङ र सेसेहाङ आङदेम्बेपनि सर्वाधिक मुल्यमा खरिद भएका थिए ।

प्रतियोगिता मंसिर आठबाट आयोजना हुँदैछ । उद्घाटन खेलमा काठमाडौं र स्पोर्टिङ इलाम एफसीबीचप्रतिस्पर्धा हुनेछ । दोस्रो संस्करणमा ९ टोली सहभागी छन् । गतसिजन खेलेको विराटनगर सिटी एफसीले आयोजकसँगको असन्तुष्टिका कारण नाम फिर्ता लिएका थियो ।

साविक विजेता काठमाडौं रेजर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम एफसी, झापा एफसी, विरगंज युनाइटेड, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउनेछन् । इलाम, विरगंज र झापा यसपटक नयाँ टोली हुन् । गतसिजन सात टोली प्रतिस्पर्धा गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो