माघ १६, २०८२ शुक्रबार | १५:५०:१४
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एन्फा राजनीतिः मल्लले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य अनिल मल्लले पेश्की/बक्यौता फर्छौट समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

मल्लले शुक्रबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले समितिका संयोजकलाई बारम्बार समितिको कार्य अगाडि बढाउन आग्रह गर्दा पनि हालसम्म कुनै खाका तयार नभएको र एकपटक पनि बैठक नबोलाइएकाले समितिमा बसेर काम गर्ने वातावरण नरहेकाले राजीनामा दिएको बताएका छन् ।

एन्फा बैठकले २०७९ असोज १० मा पुरुषोत्तम थापा संयोजक रहने गरि ३ सदस्यीय पेश्की / बक्यौता फर्छौट समिति गठन गरेको थियो । समितिमा मल्ल र रमेश ब्यन्जनकार सदस्य थिए ।

‘धारा ४१ को उपधारा ५ बमोजिम बर्खास्तगीको प्रस्ताव दर्ता भएपछि अध्यक्ष स्वतः निलम्बनमा पर्ने भएकाले मैले वरिष्ठ उपाध्यक्षलाई राजीनामा पत्र बुझाएको हुँ,’ एन्फाका कानुन समितिको संयोजक समेत रहेका मल्लले खेलाडी डटकमसँग भने ।

एन्फा अध्यक्ष र महासचिवको बर्खास्तगीको मागसहित परेका निवेदन सचिवालयले कानुन समितिसँग कुनै सहल्लाह नै नगरी अनुशासन समितिमा पठाएकोमा पनि असन्तुष्टी जनाएका छन् ।

‘एन्फा अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तगीको मागसहित दर्ता भएकाे निवेदन पहिला कानुन समितिमा आउनु पर्ने हो,’ मल्लले भने,‘ कानुन समितिले छलफल गरेपछि मात्र त्यसलाई कहाँ पठाउने निर्णय हुनुपर्थ्याे  । तर उहाँहरुले हामीसँग छलफल नै नगरी सिधै अनुशासन समितिमा पाठउनु भयो । काम नै गर्न नदिने भए  कानुन समिति बनाएको के अर्थ ? ।’

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ हाल एएफसी डेभलप्मेन्ट कमिटिको बैठकका लागि साउदी अरेबियामा छन् । नेम्वाङ डेभलप्मेन्ट कमिटिका उपाध्यक्ष हुन् ।

यसअघि भदौ २५ मा एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचि किरण राईविरुद्ध बार्खास्तगीको मागसहितको पत्र दर्ता भएको थियो ।

डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिस्कार गर्ने र अध्यक्षविरुद्ध बर्खास्तगीको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए ।

एन्फा इतिहासमा अध्यक्षविरुद्ध बर्खास्तगीको मागसहित पत्र दर्ता भएको यो पहिलो पटक हो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।