चैत्र १२, २०८२ बिहीबार | १७:५२:३४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

एन्फा राजनीतिः मल्लले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य अनिल मल्लले पेश्की/बक्यौता फर्छौट समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

मल्लले शुक्रबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले समितिका संयोजकलाई बारम्बार समितिको कार्य अगाडि बढाउन आग्रह गर्दा पनि हालसम्म कुनै खाका तयार नभएको र एकपटक पनि बैठक नबोलाइएकाले समितिमा बसेर काम गर्ने वातावरण नरहेकाले राजीनामा दिएको बताएका छन् ।

एन्फा बैठकले २०७९ असोज १० मा पुरुषोत्तम थापा संयोजक रहने गरि ३ सदस्यीय पेश्की / बक्यौता फर्छौट समिति गठन गरेको थियो । समितिमा मल्ल र रमेश ब्यन्जनकार सदस्य थिए ।

‘धारा ४१ को उपधारा ५ बमोजिम बर्खास्तगीको प्रस्ताव दर्ता भएपछि अध्यक्ष स्वतः निलम्बनमा पर्ने भएकाले मैले वरिष्ठ उपाध्यक्षलाई राजीनामा पत्र बुझाएको हुँ,’ एन्फाका कानुन समितिको संयोजक समेत रहेका मल्लले खेलाडी डटकमसँग भने ।

एन्फा अध्यक्ष र महासचिवको बर्खास्तगीको मागसहित परेका निवेदन सचिवालयले कानुन समितिसँग कुनै सहल्लाह नै नगरी अनुशासन समितिमा पठाएकोमा पनि असन्तुष्टी जनाएका छन् ।

‘एन्फा अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तगीको मागसहित दर्ता भएकाे निवेदन पहिला कानुन समितिमा आउनु पर्ने हो,’ मल्लले भने,‘ कानुन समितिले छलफल गरेपछि मात्र त्यसलाई कहाँ पठाउने निर्णय हुनुपर्थ्याे  । तर उहाँहरुले हामीसँग छलफल नै नगरी सिधै अनुशासन समितिमा पाठउनु भयो । काम नै गर्न नदिने भए  कानुन समिति बनाएको के अर्थ ? ।’

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ हाल एएफसी डेभलप्मेन्ट कमिटिको बैठकका लागि साउदी अरेबियामा छन् । नेम्वाङ डेभलप्मेन्ट कमिटिका उपाध्यक्ष हुन् ।

यसअघि भदौ २५ मा एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचि किरण राईविरुद्ध बार्खास्तगीको मागसहितको पत्र दर्ता भएको थियो ।

डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिस्कार गर्ने र अध्यक्षविरुद्ध बर्खास्तगीको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए ।

एन्फा इतिहासमा अध्यक्षविरुद्ध बर्खास्तगीको मागसहित पत्र दर्ता भएको यो पहिलो पटक हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो