बिबी एयरवेज भेट्रान फुटबल

बिबी एयरवेज भेट्रान फुटबलः विजेतालाई १ लाख

काठमाडौं । बिबी गोर्खा फुटबल क्लबको आयोजनामा हुने प्रथम बिबी एयरवेज भेट्रान फुटबल प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत असोज २० देखि २४ सम्म हुने प्रतियोगिताको विजेताले १ लाख रुपौयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिएको हो ।

यसैगरी उपविजेताले ५० हजार रुपौयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।  प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलाई काठमाडौं देखि मलेसियासम्मको दुईतर्फी तथा सर्वाधिक गोलकर्तालाई एकतर्फी हवाइ टिकट प्रदान गरिने छ ।

बिबी एयरवेज मुख्य प्रयोजक रहेको प्रतियोगितामा २० टोलीको सहभागिता रहेन आयोजकले बताएको छ । प्रतियोगितामा ४० वर्षभन्दा माथिकाले मात्र सहभागिता जनाउन पाउनेछन् ।

नैकाप फुटबल मैदानमा हुने ८ ‘ए’ साइट प्रतियोगिता आयोजनाका लागि १३ लाख रुपैयाँ खर्च हुने आयोजको अनुमान छ ।