चैत्र ८, २०८२ आइतबार | १६:१९:३५
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

ललितपुरको मुख्य प्रशिक्षकमा गिलान

काठमाडौं । ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि अस्ट्रेलियाका इयान एन्ड्रयु गिलानलाई मुख्य प्रशिक्षकको रूपमा अनुबन्ध गरेको छ ।

क्लबले शुक्रबार सामाजिक सञ्जालमार्फत गिलानलाई प्रशिक्षकको रुपमा अनुबन्धन गरेको बताएको हो । ५८ वर्षिय गिलानसँग फुटबल प्रशिक्षणको राम्रो अनुभव छ । उनले अस्ट्रेलिया, मलेसिया, फिलिपिन्स र इन्डोनेसियाका क्लबहरुमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

गिलानले पछिल्लो पटक इन्डोनेसियको पर्साटुआन सेपाक बोला इन्डोनेसिया सेमारंग( पिएसआइएस) को प्रशिक्षण सम्हालेका थिए ।

क्लबले बिहीबार मात्र राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको थियो ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।


यसअघि नै १० टोली बनाउँदै आयोजक नेपाल स्पोर्टस एन्ड एभेन्ट म्यानेजमेन्ट प्रालीले खेलाडी छनोट गरेको थियो । तर, समयमै एनएसएल हुन सकेन । अधिकांश ड्राफका खेलाडी विदेश पलायन भएका छन् । जसका कारण आयोजकले असोज १३ गते पुनः अक्सन गर्दैछ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो