माघ ७, २०८२ बुधबार | ०५:५०:४७
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

साफ यु-१९ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल १-० ले पछाडि

फाइल तस्वीर

काठमाडौं । घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको पहिलो हाफमा  चिरपरिचित प्रतिद्धन्द्धी भारतविरुद्ध  १-०  ले पछि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २६ औं मिनेटमा साहिल खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । उनले उनले अजुर्नसिं ओइनामको हेडलाई नेपाली रक्षकले क्लियर गर्न नक्दा प्राप्त भलीलाई पोस्टको दिशा दिएका थिए ।

३२ औं मिनेटमा कुशल देउबाको प्रहालाई भारतीय गोलकिपर लियोनल रेमीले सहजै नियन्त्रणमा लिए ।

पहिलो हाफको इन्जुरी समयमा ग्वामसर गोयरेको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर जियारथ शेखले बचाए ।

पहिलो हाफको इन्जुरी समयमै कुशल देउबाको कर्नरमा समिर तामाङको हेडर बार नजिकैबाट बाहिरियो।

नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन्  ।

समूह चरणमा नेपालले १ जित र १ हारको नतिजा निकाल्दा भारतले दुवै खेल आफ्नो पक्षमा परेको थियो । पाकिस्तानसँग १-० को पराजय ब्यहोरेको नेपालले माल्दिभ्सलाई ४-१ ले स्तब्ध बनाएको थियो । भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ ले हराएको थियो । 

हालसम्म साफ यु-१९ च्याम्पियनसिपको चार संस्करण सम्पन्न हुँदा नेपाल र भारत समान दुई पटक च्याम्पियन बनेका छन् ।

सन् २०१५ मा साफ यु-१९ च्याम्पियनसिपको नाममा नेपालबाटै सुरु भएको यो प्रतियोगितामा नेपालले भारतलाई पेनाल्टी सुटआटमा पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो ।

सन् २०१७ मा भुटानले साफ यु-१८ च्याम्पियनको नाममा दोस्रो संस्करण आयोजना गर्याे ।  राउन्ड रोबिन पद्धतिमा खेलाइएको यो संस्कणमा नेपालले अंक तालिकोको शीर्ष स्थान कब्जा गर्दै उपाधि रक्षा गरेको थियो । लिग चरणमा नेपालले भारतलाई २-० ले  स्तब्ध बनाएको थियो ।

तेस्रो संस्करण सन् २०१९ मा नेपालले आयोजना गरेको थियो । साफ यु-१८ च्याम्पियनसिपको नाममा आयोजना भएको यो प्रतियोगितामा भारत च्याम्पियन बन्यो ।

पछिल्ला दुई संस्करणको विजेता नेपालले भने समूह चरण पनि पार गर्न सकेन । यो संस्करणमा नेपाल र भारतको भेट भएन ।

भारतले गत वर्ष साफ यु-२० च्याम्पियनसिपको नाममा प्रतियोगिताको चौथो संस्करण आयोजना गरेको थियो । भारतले फाइनलमा बंगलादेशमाथि ५-२ ले हराउँदै उपाधि रक्षा गर्यो ।

सिंगल राउन्ड रोबिनपछि अंकका आधारमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा नेपालले भारतसँग ८-० को फराकिलो हार ब्यहोरेको थियो ।

पछिल्ला दुई संस्करणमा खराब प्रदर्शन गरेको नेपाल घरेलु मैदानको फाइदा उठाउँदै यसपटक उपाभि जित्ने लक्ष्यमा छ । भारत पनि आफ्नो लयलाई कायम राख्दै उपाधिमा ह्याट्रिक गर्ने सोचमा छ ।

यो खेलको विजेताले शनिबार उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान बुधबार नै सम्पन्न खेलमा भुटालाई पेनाल्टी सुटआउटमा ६-५ ले स्तब्ध बनाउँदै पहिलो पटक फाइनल पुगेको थियो । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate