चैत्र ७, २०८२ शनिबार | ०१:०१:४३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

साफ यु-१९ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल १-० ले पछाडि

फाइल तस्वीर

काठमाडौं । घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको पहिलो हाफमा  चिरपरिचित प्रतिद्धन्द्धी भारतविरुद्ध  १-०  ले पछि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २६ औं मिनेटमा साहिल खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । उनले उनले अजुर्नसिं ओइनामको हेडलाई नेपाली रक्षकले क्लियर गर्न नक्दा प्राप्त भलीलाई पोस्टको दिशा दिएका थिए ।

३२ औं मिनेटमा कुशल देउबाको प्रहालाई भारतीय गोलकिपर लियोनल रेमीले सहजै नियन्त्रणमा लिए ।

पहिलो हाफको इन्जुरी समयमा ग्वामसर गोयरेको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर जियारथ शेखले बचाए ।

पहिलो हाफको इन्जुरी समयमै कुशल देउबाको कर्नरमा समिर तामाङको हेडर बार नजिकैबाट बाहिरियो।

नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन्  ।

समूह चरणमा नेपालले १ जित र १ हारको नतिजा निकाल्दा भारतले दुवै खेल आफ्नो पक्षमा परेको थियो । पाकिस्तानसँग १-० को पराजय ब्यहोरेको नेपालले माल्दिभ्सलाई ४-१ ले स्तब्ध बनाएको थियो । भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ ले हराएको थियो । 

हालसम्म साफ यु-१९ च्याम्पियनसिपको चार संस्करण सम्पन्न हुँदा नेपाल र भारत समान दुई पटक च्याम्पियन बनेका छन् ।

सन् २०१५ मा साफ यु-१९ च्याम्पियनसिपको नाममा नेपालबाटै सुरु भएको यो प्रतियोगितामा नेपालले भारतलाई पेनाल्टी सुटआटमा पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो ।

सन् २०१७ मा भुटानले साफ यु-१८ च्याम्पियनको नाममा दोस्रो संस्करण आयोजना गर्याे ।  राउन्ड रोबिन पद्धतिमा खेलाइएको यो संस्कणमा नेपालले अंक तालिकोको शीर्ष स्थान कब्जा गर्दै उपाधि रक्षा गरेको थियो । लिग चरणमा नेपालले भारतलाई २-० ले  स्तब्ध बनाएको थियो ।

तेस्रो संस्करण सन् २०१९ मा नेपालले आयोजना गरेको थियो । साफ यु-१८ च्याम्पियनसिपको नाममा आयोजना भएको यो प्रतियोगितामा भारत च्याम्पियन बन्यो ।

पछिल्ला दुई संस्करणको विजेता नेपालले भने समूह चरण पनि पार गर्न सकेन । यो संस्करणमा नेपाल र भारतको भेट भएन ।

भारतले गत वर्ष साफ यु-२० च्याम्पियनसिपको नाममा प्रतियोगिताको चौथो संस्करण आयोजना गरेको थियो । भारतले फाइनलमा बंगलादेशमाथि ५-२ ले हराउँदै उपाधि रक्षा गर्यो ।

सिंगल राउन्ड रोबिनपछि अंकका आधारमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा नेपालले भारतसँग ८-० को फराकिलो हार ब्यहोरेको थियो ।

पछिल्ला दुई संस्करणमा खराब प्रदर्शन गरेको नेपाल घरेलु मैदानको फाइदा उठाउँदै यसपटक उपाभि जित्ने लक्ष्यमा छ । भारत पनि आफ्नो लयलाई कायम राख्दै उपाधिमा ह्याट्रिक गर्ने सोचमा छ ।

यो खेलको विजेताले शनिबार उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान बुधबार नै सम्पन्न खेलमा भुटालाई पेनाल्टी सुटआउटमा ६-५ ले स्तब्ध बनाउँदै पहिलो पटक फाइनल पुगेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो