माघ १४, २०८२ बुधबार | १२:१६:२६
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

आशा गरेअनुसारको नतिजा आयोः प्रशिक्षक श्रेष्ठ

काठमाडौं । नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले माल्दिभ्सविरुद्ध आशा गरेअनुसारको नतिजा आएको प्रतिक्रिया दिएका छन् । सोमबार दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध ४–१ को जित निकालेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलपछि बोल्दै श्रेष्ठले भने, ‘आजको खेल जसरी हुन्छ जित्नुपर्ने थियो । खेलाडीले मिहिनेत गरेको अनुसार नतिजा आएको छ,’ उनले भने । माल्दिभ्सविरुद्ध पाकिस्तान भन्दा राम्रो गर्न सफल भयौं । आशा गरेजस्तै नतिजा भयो,’ उनले थपे ।


श्रेष्ठले जित्नै पर्ने दवावमा रहेको र त्यसैमा केन्द्रित भएको बताएका छन् । उनले दुबै टोली अनुशासन बाहिर रहँदा केही रातो कार्ड पाएको पनि बताए ।

श्रेष्ठले सेमिफाइनलमा भारत र भुटान जो भएपनि प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् । ‘हाम्रो खेल भारतसँगै होला । भुटान पनि सोचेको भन्दा धेरै राम्रो छ । जुन टोली आएपनि हामी खेल्न तयार छौं,’ श्रेष्ठले भने ।  

दशरथ रंगशालामा दुबै टोली १० खेलाडीमा सिमित बनेका थिए । नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्षम र निराजन धामीले एक एक गोल गरेका हुन् । माल्दिभ्सको लागि अदाम लयान रासिदले गोल गरेका हुन् ।

हारसँगै माल्दिभ्स समूहबाटै घर फर्किएको छ । पाकिस्तान समूह ए को विजेता र नेपाल उपविजेता बनेका छन् ।

पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तान दोस्रो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । पाकिस्तान यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate