चैत्र ९, २०८२ सोमबार | १०:१०:४८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

आशा गरेअनुसारको नतिजा आयोः प्रशिक्षक श्रेष्ठ

काठमाडौं । नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले माल्दिभ्सविरुद्ध आशा गरेअनुसारको नतिजा आएको प्रतिक्रिया दिएका छन् । सोमबार दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध ४–१ को जित निकालेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलपछि बोल्दै श्रेष्ठले भने, ‘आजको खेल जसरी हुन्छ जित्नुपर्ने थियो । खेलाडीले मिहिनेत गरेको अनुसार नतिजा आएको छ,’ उनले भने । माल्दिभ्सविरुद्ध पाकिस्तान भन्दा राम्रो गर्न सफल भयौं । आशा गरेजस्तै नतिजा भयो,’ उनले थपे ।


श्रेष्ठले जित्नै पर्ने दवावमा रहेको र त्यसैमा केन्द्रित भएको बताएका छन् । उनले दुबै टोली अनुशासन बाहिर रहँदा केही रातो कार्ड पाएको पनि बताए ।

श्रेष्ठले सेमिफाइनलमा भारत र भुटान जो भएपनि प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् । ‘हाम्रो खेल भारतसँगै होला । भुटान पनि सोचेको भन्दा धेरै राम्रो छ । जुन टोली आएपनि हामी खेल्न तयार छौं,’ श्रेष्ठले भने ।  

दशरथ रंगशालामा दुबै टोली १० खेलाडीमा सिमित बनेका थिए । नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्षम र निराजन धामीले एक एक गोल गरेका हुन् । माल्दिभ्सको लागि अदाम लयान रासिदले गोल गरेका हुन् ।

हारसँगै माल्दिभ्स समूहबाटै घर फर्किएको छ । पाकिस्तान समूह ए को विजेता र नेपाल उपविजेता बनेका छन् ।

पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तान दोस्रो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । पाकिस्तान यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो