साफ यु-१९ च्याम्पियनसिप

माल्दिभ्सविरुद्ध नेपालको अग्रता दोब्बर

काठमाडौं ।  दक्षिण एसियाली फुटबल महासंघ ( साफ) यु-१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता  दाेब्बर बनाएकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १७ औं मिनेटमा प्रशान्त लक्षम गोल गर्दै नेपालाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रबाहिरबाट उनले गरेको भली प्रहारलाई माल्दिभ्सका गोलरक्षकले ठम्याउन सकेनन् ।

३० औं मिनेटमा समिर तामाङले नेपालको अग्रता दोब्बर बनाए ।  सेमिफाइनलमा प्रवेश गर्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । यो खेलमा हार वा बराबरीको नतिजा निस्किएमा नेपाल समूह चरणबाटै बाहिरिने छ ।

शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएपछि नेपाललाई जित्नै पर्ने दबाब आएको हो ।

नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १-० ले पराजित भएको थियो । समूह ‘ए’ बाट पाकिस्तानले २ खेलमा ४ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

माल्दिभ्सलाई भने जित वा बराबरी नतिजा सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ।