चैत्र १४, २०८२ शनिबार | १०:०१:३६
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

रोमाञ्चक जितसहित बार्सिलोना शीर्षस्थानमा

काठमाडौं । रोमाञ्चक खेलको अन्तिम ९ मिनेटमा तीन गोल गर्दै बार्सिलोना स्पेनिस ला लिगको शीर्षस्थानमा फर्किएको छ । शनिबार राति सेल्टा भिगोविरुद्ध ३-२ को पुनरागमन जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो ।

६ खेलबाट पाँच जितसहित बार्सिलोनाको १६ अंक  छ । समान अंकको जिरोना दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड १५ अंकसहित तेस्रो स्थानमा छ । मड्रिड डर्वीमा आइतबार रियालले एट्लेटिकोसँग खेल्नेछ ।

घरेलु मैदान ओलम्पिक लुइस मैदानमा ८० मिनेटसम्म २-० ले पछि परेको क्याटलान क्लब बार्सिलोना ९ मिनेटमा तीन गोल गर्न सफल भएको थियो ।

बार्सिलोनाको जितमा रोबार्टाे लेवान्डोस्कीले दुई गोल गरे । जोआओ कन्सेलोको नाममा एक गोल र एक असिस्ट रह्यो ।

यसअघि खेलको १९औं मिनेटमा जर्जेन स्ट्रान्ड लार्जनले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । अनास्टासिओस डोउभिकासले ७६ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई जिततर्फ अग्रसर बनाएका थिए ।

तर, घरेलु समर्थकको साथ पाएको जाभी हर्नान्डेजको बार्सिलोनाले हार मानेन । अट्याकिङ खेलमा ध्यान दिएको थियो । नयाँ अनुबन्ध भएका जोआओ फिलिक्सको पासमा लेवान्डोस्कीले ८१औं मिनेटमा भली गोल गरे । कन्सेलोको पासमा लेवान्डोस्कीले ८४  औं मिनेटमा बराबरी गोल  गरेका हुन् ।  युवा खेलाडी गाभीले बक्सभित्र मिलाएको बललाई वान टचमै कन्सेलोले ८९ औं मिनेटमा गोल गरे ।

फेलिक्स र कन्सेलो यसैसिजन अनुबन्ध भएका हुन् । दुवैको आगमनसँगै बार्सिलोनाले सानदार प्रदर्शन गर्दै आएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो