माघ १७, २०८२ शनिबार | ११:१७:३८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

काठमाडौं । साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बोचुमविरुद्ध ७–० को फराकिलो जित निकालेको छ ।

जितसँगै ५ खेलमा १३ अंक जोडेको बायर्न शीर्ष स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको बोचुम समान खेलबाट ३ अंकका साथ १४ औं स्थानमा छ ।

घरेलु मैदमा एलियन्ज एरिना रंगशालामा बायर्नलाई सहज जित दिलाउन ह्यारी केनले ह्याट्रिक गर्दा एरिक म्याक्सिम चुपो मोन्टिङ, म्याथियस डि लिग्ट, लिरोय साने र म्याथिस टेलले समान एक गोल थपे ।

खेलको चौथो मिनेटमै मोन्टिङको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ८ मिनेटपछि नै केनले टोलीको अग्रता दोब्बर बनाए ।

२९औं मिनेटमा डि लिग्टले टोलीका लागि तेस्रो गोल गरे । नौ मिनेटपछि सानेले गोल गर्दा बायर्न ४-० ले अगाडि बढ्यो ।

५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ८१औं मिनेटमा टेलले गोल गर्दै बायर्नको अग्रता ६-० पुर्याए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा केनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ७-० को फराकिलो जित दिलाए ।

शनिबार नै सम्पन्न लिगका अन्य खेलमा भिएफबी स्टुटगार्टले ड्राम्सडार्टलाई ३-१ र औसबगले मेइन्जलाई २-१ ले पराजित गर्दा आरबी लाइपजिगले बोरुसिया मोन्चेलगाल्डबाच तथा बोरुसिया डर्टमन्डले उल्फ्सबर्गमाथि समान १-० को जित निकाले ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।