चैत्र १८, २०८२ बुधबार | १६:०८:५४
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

काठमाडौं । साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बोचुमविरुद्ध ७–० को फराकिलो जित निकालेको छ ।

जितसँगै ५ खेलमा १३ अंक जोडेको बायर्न शीर्ष स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको बोचुम समान खेलबाट ३ अंकका साथ १४ औं स्थानमा छ ।

घरेलु मैदमा एलियन्ज एरिना रंगशालामा बायर्नलाई सहज जित दिलाउन ह्यारी केनले ह्याट्रिक गर्दा एरिक म्याक्सिम चुपो मोन्टिङ, म्याथियस डि लिग्ट, लिरोय साने र म्याथिस टेलले समान एक गोल थपे ।

खेलको चौथो मिनेटमै मोन्टिङको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ८ मिनेटपछि नै केनले टोलीको अग्रता दोब्बर बनाए ।

२९औं मिनेटमा डि लिग्टले टोलीका लागि तेस्रो गोल गरे । नौ मिनेटपछि सानेले गोल गर्दा बायर्न ४-० ले अगाडि बढ्यो ।

५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ८१औं मिनेटमा टेलले गोल गर्दै बायर्नको अग्रता ६-० पुर्याए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा केनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ७-० को फराकिलो जित दिलाए ।

शनिबार नै सम्पन्न लिगका अन्य खेलमा भिएफबी स्टुटगार्टले ड्राम्सडार्टलाई ३-१ र औसबगले मेइन्जलाई २-१ ले पराजित गर्दा आरबी लाइपजिगले बोरुसिया मोन्चेलगाल्डबाच तथा बोरुसिया डर्टमन्डले उल्फ्सबर्गमाथि समान १-० को जित निकाले ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो