काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा पाकिस्तानले माल्दिभ्सलाई १-१ को बराबरीमा रोकेको छ ।
यो जितसँगै २ खेलमा ४ अंक जोडेको पाकिस्तानले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । बराबरीसँग प्रतियोगिताको सुरुआत गरेको माल्दिभ्सले १ अंक जोडेका छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ३९ औं मिनेटमा कप्तान शनान राशिदको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो ।
८४ औं मिनेटमा साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याए । यसैगरी ६२ औं मिनेटमा पाकिस्तानका महम्मद जफरले गोल गरेपनि अपसाइड रहँदा त्यसले मान्यता पाएन ।
पाकिस्तानले पहिलो खेलमा घरेलु टोली नेपाललाई १-० ले हराएको थियो । सोमबार माल्दिभ्स र नेपाल भिड्दै छन् । यो खेलले सेमिफाइनल पुग्नो अर्को टोलीको टुङ्गो लगाउनेछ ।