वैशाख २६, २०८२ शुक्रबार | १७:११:१२
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

एनएसएल ड्राफः ‘बी’ श्रेणीमा ७९ खेलाडी

काठमाडौं । आयोजक नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेजमेन्ट प्रा.लीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को लागि खेलाडी ड्राफ तयार पारेको छ ।

आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा एक सय ९५ खेलाडीलाई ड्राफमा राखेको हो । जसमध्ये ‘ए’ श्रेणीमा ४१ खेलाडी रहँदा ‘बी’ श्रेणीमा ७९ र ‘सी’ श्रेणीमा ७५ खेलाडी छन् ।

‘बी’ श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिसकेका सुमित श्रेष्ठ, रोशन राना मगर, प्रशान्त अवस्थी, विशाल सुनार, टिकेन्द्र सिंह थापा, सत्रुधन कुमार चौधरी, भरत खवास छन् ।

यसअघि नै १० टोली बनाउँदै आयोजकले खेलाडी छनोट गरेको थियो । तर, समयमै एनएसएल हुन सकेन । अधिकांश ड्राफका खेलाडी विदेश पलायन भएका छन् । जसमा कारण आयोजकले असोज १९ गते पुनः अक्सन गर्दैछ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल पुष १४ मा हुने तालिका छ । यसअघि सात टोली विराटनगरसँगै च्याम्पियन काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, विरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकले तयार पारेको ‘ए’ श्रेणीमा अधिकांश राष्ट्रिय टोली, उमेर समूह र सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेटिएका छन् ।

‘बी’ श्रेणीमा राष्ट्रिय टोली बाहिर रहेका र सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका खेलाडी छन् । ‘सी’ श्रेणीमा भने सबै ‘ए’ डिभिजन लिग र नेपालको उमेर समूहबाट खेलिसकेका खेलाडी छन् ।

राष्ट्रिय टोलीबाट खेलिरहेका तथा ‘ए’ डिभिजन लिग खेलिरहेका ५५ बढी खेलाडी अस्ट्रेलिया लगायत देश पुगेपछि आयोजकले उमेर समूह र सहिद स्मारक ‘बी’ डिभिजन खेल्दै गरेका खेलाडीलाई पनि ड्राफमा समेटेको छ ।

यद्यपि, ‘ए’ डिभिजन लिग खेलेका केही खेलाडी अझै ड्राफमा स्थान बनाउन सकेनन् । यसैगरी नेपालबाहिर खेल्दै आएका गोलकिपर किरणकुमार लिम्बु, रक्षक रोहित चन्द र मिडफिल्डर मनिष डांगी पनि ड्राफमा समावेश छन् ।


‘बी’ श्रेणीका खेलाडी
लक्ष्मण रुचाल, सुमित श्रेष्ठ, रोशन राना मगर, रोशन पहरी, बिषोन गुरुङ, सन्तोष खत्री, खमिर गिल्सन कान्दङ्वा, आदित्य शाक्य, जय गुरुङ, निरज चौधरी, पदमकुमार तामाङ, अनिल महर्जन, अशोक थापा, डोना थापा, प्रदीप लामा, उमेश राई, सौरभ लिम्बु, रुपेश केसी, प्रशान्त अवस्थी, सुदीप श्रेष्ठ, सुशील लामा, सुशील राई, साइमोन लामा, रामचन्द्र वाजी, अशीम भुषाल, गौरव श्रेष्ठ, मनोज राई, सरोज तामाङ, योगेश गुरुङ, विक्रम धिमाल, विमल पान्डे, रवी सिलवाल, सबिन खड्का, पदम भट्टराई, बिवेक गुरुङ, जितेन्द्र कार्की, आदित्य चौधरी, सन्तोष हेमराम, अशोक खवास, एकराज बुढाथोकी, दिवस थारु, विशाल बस्नेत, सनम सोडेम्बा लिम्बु, अभिषेक लिम्बु, अमित तामाङ, अम्रित श्रेष्ठ, कुल्दीप कार्की, रन्दीप पौडेल, आशिष चापागाईँ, दिपेश आले मगर, निशान लिम्बु, निराजन धामी, राजीभ लोप्चन, देव लिम्बु, विशाल सुनार, पुजन होना, राजु योगी, टिकेन्द्र सिंह थापा, अन्जल श्रेष्ठ, सन्तोष महत, सत्रुधन कुमार चौधरी, बिवेक पौडेल, रेजिन सुब्बा, जीवन गुरुङ, राजा बाबु थापा, हेम तामाङ, मौसम सुब्बा, विकास थापा, विपिन थापा, पासाङ लामा, प्रेम बाहादुर भन्डारी, बुद्ध बल तामाङ, मोहित गुरुङ, जीवन गुरुङ, युद्ध शाही, दिपेन राज सिंह, भरत खवास र प्रवेश कुंवर
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP