चैत्र ६, २०८२ शुक्रबार | १०:३४:४१
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

एनएसएलको ड्राफ १९५ खेलाडी, श्रेणी ‘ए’ मा ४१

काठमाडौं । आयोजक नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेजमेन्ट प्रा.लीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को लागि खेलाडी ड्राफ तयार पारेको छ ।

यसअघि नै १० टोली बनाउँदै आयोजकले खेलाडी छनोट गरेको थियो । तर, समयमै एनएसएल हुन सकेन । अधिकांश ड्राफका खेलाडी विदेश पलायन भएका छन् । जसमा कारण आयोजकले असोज १९ गते पुनः अक्सन गर्दैछ ।

आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा १९५ खेलाडीलाई ड्राफमा राखेको हो । जसमध्ये ‘ए’ श्रेणीमा ४१ खेलाडी रहँदा ‘बी’ श्रेणीमा ७९ र ‘सी’ श्रेणीमा ७५ खेलाडी छन् ।

यसअघि नै १० टोली बनाउँदै आयोजकले खेलाडी छनोट गरेको थियो । तर, समयमै एनएसएल हुन सकेन । अधिकांश ड्राफका खेलाडी विदेश पलायन भएका छन् । जसमा कारण आयोजकले असोज १९ गते पुनः अक्सन गर्दैछ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल पुष १४ मा हुने तालिका छ । यसअघि सात टोली विराटनगरसँगै च्याम्पियन काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, विरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय टोलीबाट खेलिरहेका तथा ‘ए’ डिभिजन लिग खेलिरहेका ५५ बढी खेलाडी अस्ट्रेलिया लगायत देश पुगेपछि आयोजकले उमेर समूह र सहिद स्मारक ‘बी’ डिभिजन खेल्दै गरेका खेलाडीलाई पनि ड्राफमा समेटेको छ ।

आयोजकले तयार पारेको ‘ए’ श्रेणीमा अधिकांश राष्ट्रिय टोली, उमेर समूह र सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेटिएका छन् ।

‘बी’ श्रेणीमा राष्ट्रिय टोली बाहिर रहेका र सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका खेलाडी छन् । ‘सी’ श्रेणीमा भने सबै ‘ए’ डिभिजन लिग र नेपालको उमेर समूहबाट खेलिसकेका खेलाडी छन् ।

नेपालबाहिर खेल्दै आएका गोलकिपर किरणकुमार लिम्बु, रक्षक रोहित चन्द र मिडफिल्डर मनिष डांगी पनि ड्राफमा समावेश छन् ।

राष्ट्रिय टोलीबाट खेलिरहेका तथा ‘ए’ डिभिजन लिग खेलिरहेका ५५ बढी खेलाडी अस्ट्रेलिया लगायत देश पुगेपछि आयोजकले उमेर समूह र सहिद स्मारक ‘बी’ डिभिजन खेल्दै गरेका खेलाडीलाई पनि ड्राफमा समेटेको छ ।

यद्यपि, ‘ए’ डिभिजन लिग खेलेका केही खेलाडी अझै ड्राफमा स्थान बनाउन सकेनन् । यसैगरी नेपालबाहिर खेल्दै आएका गोलकिपर किरणकुमार लिम्बु, रक्षक रोहित चन्द र मिडफिल्डर मनिष डांगी पनि ड्राफमा समावेश छन् ।

यस्ता छन् ‘ए’ श्रेणीका खेलाडीः 
आशिष चौधरी, अबिशेक बराल, अनन्त तामाङ, अनिस देउला, एन्जल महर्जन, अञ्जन विष्ट, अन्जन राई, एरिक विष्ट, आशिष गुरुङ, आवास लामिछाने, आयुष घलान, विकेश कुथु, बिमल घर्ती मगर, बिराज महर्जन, विशाल श्रेष्ठ, छिरिङ लामा, दीप कार्की, देभेन्द्र तामाङ, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, हिसुव थपलिया, कमल श्रेष्ठ, किरण चेम्जोङ, कृतिश रत्न छुन्जु, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डांगी, नबिन लामा, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रोहित चन्द, सञ्जिव विष्ट, सनिस श्रेष्ठ, सेसेहाङ आङ्देम्बे, सिमन्त थापा, सुदिप गुरुङ, सुरज जिउ ठकुरी, छिरिङ गुरुङ, उत्सव राई र सुभास गुरुङ

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो