काठमाडौं । ब्राजेलियन स्टार नेयमारसम्मिलित अल हिलालले लगातार अंक बाढेको छ । बिहीबार राति साउदी प्रो लिगअन्तर्गत दमक क्लबविरुद्ध अल हिलालले १–१ गोलको बराबरी खेल्दै अंक बाढेको हो ।
भ्रमणकारी टोली अल हिलालले खेलको नवौं मिनेटमा माल्कोमको गोलमार्फत अग्रता बनाएको थियो । सलिम अल दाब्सरीले बल उपलब्ध गराएका थिए । ६८औं मिनेटमा घरेलु टोलीबाट निकोलाइले बराबरी गोल गरेका हुन् ।
बाँकी समय दुबै टोलीले गोलका केही प्रयास गरेपनि सदुपयोग गर्न सकेनन् । अल हिलालका स्टार खेलाडी नेयमारसँगै एलेक्जान्डर मिट्रोभिच गोलविहिन रहे । एएफसी च्याम्पियन्स लिगको पछिल्लो खेलमा अल हिलाल उज्वेकिस्तानको नाभ्बाहोरसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
बराबरीपछि अल हिलाल दोस्रो स्थानमा झरेको छ । दोस्रो बराबरी पनि अपराजित यात्रा कायम राखेको अल हिलाल १७ अंकसहित दोस्रो स्थानमा छ । बिहीबार रातिको जितपछि अल इत्तिहाद सात खेलबाट १८ अंकसहित शीर्षस्थानमा उक्लिएको हो ।
एनगोलो कान्टेको एक असिष्ट सहित विजयी गोल गरेपछि अल इत्तिहादले अल फातेहलाई २–१ ले हराएको छ ।