चैत्र १८, २०८२ बुधबार | १४:५२:०५
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

योजना अनुसारको प्रदर्शन भएनः प्रशिक्षक श्रेष्ठ

काठमाडौं । नेपाली यु-१९ फुटबल टोलीका प्रशिक्षक सुनील श्रेष्ठले टोलीले योजना अनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको पहिलो खेलमै पाकिस्तानसँग १-० ले पराजित भएपछिको ‘पोस्ट म्याच कन्फ्रेन्स’मा श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन्  ।

‘योजना अनुसारको  प्रदर्शन भएन । हामीलाई पाकिस्तानले कस्तो खेल्न भन्ने पनि थाहा थिएन । पहिलो खेल भएकाले खेलाडीको तालमेल केही नमिलेको जस्तो देखिया,’ श्रेष्ठले भने,‘ एयर बलहरुमा हामी कमजोर देखियौं । पहिलो हाफा राम्रा बचाउ भएका थिए । दोस्रो हाफमा पाकिस्तानले पाएको त्यही एक मौकालाई सदुपयोग गर्यो । पहिलो खेलमा हार व्यहोरे पनि हामी बाहिरिसकेका छैनौं । माल्दिभ्सविरुद्धको खेलमा अझै राम्रो गर्नेछौं ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न खेलमा अली जफरले गरेको एक मात्र गोल पाकिस्तानलाई जित दिलाउन पर्याप्त बन्यो ।

७६औं मिनेटमा जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । उनको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर जियारथ शेखले बचाउने प्रयास गरे पनि सफल भएनन् ।

खेलमा पाकिस्तान निकै हाबी देखिएको थियो । नेपालको प्रदर्शन भने फिलतो रह्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो