माघ १७, २०८२ शनिबार | २०:५९:५६
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

नेपाललाई पाकिस्तानको चुनौती

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करण आजबाट सुरु हुँदैछ । पहिलो दिन दुई खेल हुने तालिका छ ।

पहिलो खेलमा बंगलादेश र भारत तथा दोस्रो खेलमा आयोजक नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । उद्घाटन खेल दिउसो साढे एक बजे सुरु हुँदा नेपाल र पाकिस्तानबीचको खेल साझ सवाँ पाँच बजे सुरूहुने तालिका छ ।

नेपाल घरेलु मैदानमा सुखद् सुरुआत गर्ने लक्ष्यमा छ । पोस्ट म्याच कन्फरेन्समा बोल्दै नेपालका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै तेस्रोपटक उपाधि जित्ने बताएका छन् ।

‘पहिलो संस्करणमा हामीले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जितेका थियौँ । यसपाली पनि सोहि कथा दोहोर्याउने लक्ष्य छ,’ उनले भने । श्रेष्ठले उमेर समूहमा सबै टोलीको स्तर एकै किसिमको भएको बताए । ‘उमेर समूहमा सबै टोली बराबरी कै हुन्छन् । हाम्रो लक्ष्य भनेको समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने हो,’ श्रेष्ठले थपे ।

प्रतियोगिताको अघिल्लो दिन (बुधबार) सम्म सबै ६ टोलीको नेपाल आगमन भइसकेको छ । नेपालको पहिलो प्रतिद्वन्दी पाकिस्तान बाहेक पाँच टोलीका कप्तान तथा प्रशिक्षकहरु पत्रकार सम्मेलनमा उपस्थित भए । पाकिस्तान भने साझ मात्रै नेपाल अवतरण भएको थियो । उसले नेपाल झरेको २४ घण्टामै मैदान उत्रनुपर्ने हुन्छ ।

यता, भारतपनि सुखद् सुरुआत गर्ने लक्ष्यमा छ । भारतका प्रशिक्षक शुभेन्डु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद नतिजा आउनेमा आशावादी देखिए ।

‘हामीले दुई वर्षदेखि टोली निर्माणका लागि समय बिताएका छौं । साफ नजिकिँदै गर्दा साउदी अरबिया गएर बन्द प्रशिक्षण गर्याैं । काठमाडौं आउनुअघि साउदीमा हामीले दुई अभ्यास खेल खेल्यौं र जित्यौं पनि । त्यही लयलाई निरन्तरता दिनेछौं,’ पान्डाले भनेका छन् ।

प्रतियोगिताको पाँचौं संस्करण हुँदै गर्दा नेपाल र भारतले समान दुईपटक साफ उपाधि जितेका छन् । सन् २०१५ मा काठमाडौंमा भएको पहिलो संस्करणमा नेपालले जित्यो । दुई वर्षपछि भुटानको थिम्पुमा अर्पण कार्कीको कप्तानीमा नेपालले लगातार उपाधि जितेको थियो । यसपछिका दुबै संस्करणमा भारत हाबी रह्यो ।

तेस्रो संस्करण २०१९ मा नेपालले नै आयोजना हुँदा नेपाल समूह चरणबाट माथि बढ्न सकेन । बंगलादेशलाई हराउँदै भारत पहिलो पटक च्याम्पियन भएको थियो ।

पछिल्लो संस्करण २०२२ मा भुवनेश्वरमा बंगलादेशलाई ५–२ ले हराउँदै आयोजक भारत च्याम्पियन भएको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।