चैत्र ८, २०८२ आइतबार | १६:३५:०२
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

नेपाललाई पाकिस्तानको चुनौती

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करण आजबाट सुरु हुँदैछ । पहिलो दिन दुई खेल हुने तालिका छ ।

पहिलो खेलमा बंगलादेश र भारत तथा दोस्रो खेलमा आयोजक नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । उद्घाटन खेल दिउसो साढे एक बजे सुरु हुँदा नेपाल र पाकिस्तानबीचको खेल साझ सवाँ पाँच बजे सुरूहुने तालिका छ ।

नेपाल घरेलु मैदानमा सुखद् सुरुआत गर्ने लक्ष्यमा छ । पोस्ट म्याच कन्फरेन्समा बोल्दै नेपालका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै तेस्रोपटक उपाधि जित्ने बताएका छन् ।

‘पहिलो संस्करणमा हामीले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जितेका थियौँ । यसपाली पनि सोहि कथा दोहोर्याउने लक्ष्य छ,’ उनले भने । श्रेष्ठले उमेर समूहमा सबै टोलीको स्तर एकै किसिमको भएको बताए । ‘उमेर समूहमा सबै टोली बराबरी कै हुन्छन् । हाम्रो लक्ष्य भनेको समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने हो,’ श्रेष्ठले थपे ।

प्रतियोगिताको अघिल्लो दिन (बुधबार) सम्म सबै ६ टोलीको नेपाल आगमन भइसकेको छ । नेपालको पहिलो प्रतिद्वन्दी पाकिस्तान बाहेक पाँच टोलीका कप्तान तथा प्रशिक्षकहरु पत्रकार सम्मेलनमा उपस्थित भए । पाकिस्तान भने साझ मात्रै नेपाल अवतरण भएको थियो । उसले नेपाल झरेको २४ घण्टामै मैदान उत्रनुपर्ने हुन्छ ।

यता, भारतपनि सुखद् सुरुआत गर्ने लक्ष्यमा छ । भारतका प्रशिक्षक शुभेन्डु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद नतिजा आउनेमा आशावादी देखिए ।

‘हामीले दुई वर्षदेखि टोली निर्माणका लागि समय बिताएका छौं । साफ नजिकिँदै गर्दा साउदी अरबिया गएर बन्द प्रशिक्षण गर्याैं । काठमाडौं आउनुअघि साउदीमा हामीले दुई अभ्यास खेल खेल्यौं र जित्यौं पनि । त्यही लयलाई निरन्तरता दिनेछौं,’ पान्डाले भनेका छन् ।

प्रतियोगिताको पाँचौं संस्करण हुँदै गर्दा नेपाल र भारतले समान दुईपटक साफ उपाधि जितेका छन् । सन् २०१५ मा काठमाडौंमा भएको पहिलो संस्करणमा नेपालले जित्यो । दुई वर्षपछि भुटानको थिम्पुमा अर्पण कार्कीको कप्तानीमा नेपालले लगातार उपाधि जितेको थियो । यसपछिका दुबै संस्करणमा भारत हाबी रह्यो ।

तेस्रो संस्करण २०१९ मा नेपालले नै आयोजना हुँदा नेपाल समूह चरणबाट माथि बढ्न सकेन । बंगलादेशलाई हराउँदै भारत पहिलो पटक च्याम्पियन भएको थियो ।

पछिल्लो संस्करण २०२२ मा भुवनेश्वरमा बंगलादेशलाई ५–२ ले हराउँदै आयोजक भारत च्याम्पियन भएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो