चैत्र १४, २०८२ शनिबार | ०६:१०:३५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सहज जितसँगै बार्सिलोना शीर्षस्थानमा

काठमाडौं । लगातार पाँच खेलसम्म अपराजित यात्रा कायम राख्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रोबर्टाे लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले शनिबार राति रियाल बेटिसलाई ५–० ले हराउँदै नयाँ सिजनमा पहिलो पटक शीर्षस्थानमा उक्लिएको हो ।

पाँच खेलमा चार जित र एक बराबर नतिजासहित बार्सिलोनाको १३ अंक छ । एक खेल कम खेलेको रियाल मड्रिड १२अंकसहित दोस्रो स्थानमा छ ।

बार्सिलोनाले सन् २०२१ पछि ला लिगाको एकै खेलमा पाँच गोल गरेको हो । लेवान्डोस्कीले एक गोलसहित दुई असिष्ट निकालेको थिए ।

खेलमा जोआओ फेलिक्स, रोबर्टाे लेवान्डोस्की, फेरान टोरेस, राफिन्हा र जोआओ कन्सेलोले गोल गरेका थिए ।

फेलिक्स एट्लेटिको मड्रिड र कन्सेलो म्यानचेष्टर सिटीबाट यसैसिजन साविक विजेता बार्सिलोना अनुबन्ध भएका थिए । दुबैको डेब्यु गोल हो ।

राति नै भएको अन्य खेलमा एट्लेटिको भ्यालेन्सियासँग ३–० ले स्तब्ध भयो । यसैगरी एट्लेटिक बिल्वावोले काडिजलार्य ३–० र मालोर्काले सेल्टा भिगोलाई १–० ले हराएको थियो ।

दोस्रो स्थानमा रहेको रियालले आज राति रियाल सोसिडाडसँग खेल्ने तालिका छ । यदि यो खेलमा जित निकाले रियाल मड्रिड शीर्षस्थानमा उक्लनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो