वैशाख २६, २०८२ शुक्रबार | ११:३३:३७
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

जोशीलाई साफ प्रतियोगिता प्रमुखको जिम्मेवारी

फाइल तस्बिर

काठमाडौं । नेपालका सुन्दर नरसिंह जोशी दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतियोगिता प्रमुखमा नियुक्त भएका छन् । शनिबार सम्पन्न साफको कार्यसमिति बैठकले चार स्थायी समिति गठन गर्दा जोशीलाई प्रतियोगिता सिमिति प्रमुखको जिम्मेवारी दिएको हो ।

यो समितिको उपप्रमुखमा मोहम्मद आमिर खान छन् । जोशी सहिद स्मारक ए डिभिजन लिगको क्लब न्युरोड टिम (एनआरटी) का अध्यक्ष हुन् ।

साफ बैठकले प्रतियोगितासहित  आर्थिक, मार्केटिङ र विकास समिति गठन गरेको छ । उगेन वाङ्गचुकले आर्थिक, डा. शजी प्रभाकरणले मार्केटिङ र काजी मोहम्द सलाहउदिनले विकाश समिति प्रमुखको जिम्मेवारी पाएका छन् ।

यस्तै साफ बैठकले सन् २०२४ को कार्य तालिकालाई समेत पारित गरेको छ । बैठकको निर्णयअनुसार साफले आगामी वर्ष चार युथ प्रतियोगिता र एक सिनियर महिला प्रतियोगिताको आयोजना गर्नेछ ।

जसमा साफ यु-१९ महिला, साफ यु-१६ महिला, साफ यु-२० च्याम्पियनसिप, साफ यु-१७ च्याम्पियनसिप र साफ च्याम्पियनसिप रहेका छन् ।

बैठकमा साफ क्लब च्याम्पियनसिप सञ्चालनको विषयमा समेत छलफल भएको थियो । र निश्चित ढाचा सहित सहभागी हुने सदस्यबीच सहमती जुटाउने निर्णय बैठकले गरेको छ । 
 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP