माघ १८, २०८२ आइतबार | ११:३२:२१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सहारा क्लब पोखराले मनायो रजत महोत्सव

सहारा क्लबको रजत महोत्सवको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष राजवंशीलाई सम्मान गरिँदै

पोखरा ।  सहारा क्लब पोखराले स्थापनाको रजत महोत्सव मनाएको छ । बि.सं २०५५ भदौ ३० मा स्थापना भएको सहारा मोफसलको चर्चित क्लब हो ।

फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील क्लबले पोखरा १७, दोबिल्लास्थित आफ्नै सहारा फुटबल एकेडेमीमा शनिबार रजत महोत्सव समारोह आयोजना गरेको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रजत महोत्सवको समुद्घाटन गर्दै सहारालाई अझ सफलताको लागि शुभकामना दिए । उनले सहाराको सिको नेपालमा अरुहरुले पनि सिक्नुपर्ने उनको सुझाव थियो ।

समारोहमा क्लबले विभिन्न व्यक्तिलाई विधागत सम्मान गरेको छ । सम्मानित हुनेमा जयलाल पुन, महेश गुरुङ, गणेशबहादुर भट्टराई, डा.नारायण गौतम, निरञ्जन राजवंशी, रामकृष्ण ज्ञवाली, मुच्छेत्र गुरुङ, रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, दीपक गुरुङ, जगन गुरुङ छन् भने मरणोपरान्त स्व।उगेन लामा र स्व.बिलबहादुर तामाङकोतर्फबाट परिवारजनलाई सम्मान गरियो ।

साथै हिमश्री फुड्सका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी पनि सम्मानित भइन् । प्रेमकुमारी पोखराका वरिष्ठ उद्योगपति, पूर्व सभासद एवं समाजसेवी स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी हुन् ।

क्लबले मुच्छेत्र गुरुङलाई मानार्थ सदस्य पनि प्रदान गरेको छ । योसहित मानार्थ सदस्य संख्या १२ पुगेका छन् ।

सो अवसरमा सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०६९ बाट फोटो पत्रकार उमेश पुनलाई नगद २५ हजार ५ सय५५ साथमा ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो । यस्तै, क्लबले सहारा उत्कृष्ट सदस्यबाट धमेन्द्र बराललाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, आहा रारा पोखरा गोल्डकपका मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबले रजत महोत्सव अवसरमा सहारा रजत जयन्ती स्मारिका पनि प्रकाशन गरेको छ । उक्त स्मारिका महानगर प्रमुख आचार्यले विमोचन गरे ।

क्लब अध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत तथा महासचिव रामजीप्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

महासचिव अधिकारीले गत वर्षको वार्षिक प्रगति विवरण तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप लिग कम नकाउट स्वरुपमा संचालनका लागि अध्ययन गर्ने, प्रतियोगिताको नाम र ब्रान्डिगको लागि कम्पनी कार्यालयमा दर्ता गर्न पहल गर्ने, सहारा फुटबल एकेडेमीको थप भौतिक पूर्वाधार सहित प्यारापिट निर्माणमा सम्बन्धित निकायमा पहल गर्ने लगायत योजना सुनाए ।

क्लबले चौंथो ब्याचमा थप ३० जना कठिन परिस्थिति तथा विपन्न वर्गका बालक भर्ना गर्ने लक्ष्य अनुरुप हालसम्म ११ जना भर्ना भइसकेको क्लब अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।

पोखरामा २०६१ सालदेखि सहारा एकेडेमी संचालन गर्दै आएको क्लबले हरेक वर्ष पोखरा रंगशालामा फुटबल टुर्नामेन्टलाई निरन्तरता दिएको छ । २०५८ मा क्याराभानदेखि सुरु भएकोमा गत वर्ष २२ औं संस्करणका आहा रारा पोखरा गोल्ड कप भएको थियो ।

शनिबार नै क्लबको १३ औं अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।