चैत्र ७, २०८२ शनिबार | २२:२२:५५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सहारा क्लब पोखराले मनायो रजत महोत्सव

सहारा क्लबको रजत महोत्सवको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष राजवंशीलाई सम्मान गरिँदै

पोखरा ।  सहारा क्लब पोखराले स्थापनाको रजत महोत्सव मनाएको छ । बि.सं २०५५ भदौ ३० मा स्थापना भएको सहारा मोफसलको चर्चित क्लब हो ।

फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील क्लबले पोखरा १७, दोबिल्लास्थित आफ्नै सहारा फुटबल एकेडेमीमा शनिबार रजत महोत्सव समारोह आयोजना गरेको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रजत महोत्सवको समुद्घाटन गर्दै सहारालाई अझ सफलताको लागि शुभकामना दिए । उनले सहाराको सिको नेपालमा अरुहरुले पनि सिक्नुपर्ने उनको सुझाव थियो ।

समारोहमा क्लबले विभिन्न व्यक्तिलाई विधागत सम्मान गरेको छ । सम्मानित हुनेमा जयलाल पुन, महेश गुरुङ, गणेशबहादुर भट्टराई, डा.नारायण गौतम, निरञ्जन राजवंशी, रामकृष्ण ज्ञवाली, मुच्छेत्र गुरुङ, रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, दीपक गुरुङ, जगन गुरुङ छन् भने मरणोपरान्त स्व।उगेन लामा र स्व.बिलबहादुर तामाङकोतर्फबाट परिवारजनलाई सम्मान गरियो ।

साथै हिमश्री फुड्सका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी पनि सम्मानित भइन् । प्रेमकुमारी पोखराका वरिष्ठ उद्योगपति, पूर्व सभासद एवं समाजसेवी स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी हुन् ।

क्लबले मुच्छेत्र गुरुङलाई मानार्थ सदस्य पनि प्रदान गरेको छ । योसहित मानार्थ सदस्य संख्या १२ पुगेका छन् ।

सो अवसरमा सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०६९ बाट फोटो पत्रकार उमेश पुनलाई नगद २५ हजार ५ सय५५ साथमा ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो । यस्तै, क्लबले सहारा उत्कृष्ट सदस्यबाट धमेन्द्र बराललाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, आहा रारा पोखरा गोल्डकपका मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबले रजत महोत्सव अवसरमा सहारा रजत जयन्ती स्मारिका पनि प्रकाशन गरेको छ । उक्त स्मारिका महानगर प्रमुख आचार्यले विमोचन गरे ।

क्लब अध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत तथा महासचिव रामजीप्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

महासचिव अधिकारीले गत वर्षको वार्षिक प्रगति विवरण तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप लिग कम नकाउट स्वरुपमा संचालनका लागि अध्ययन गर्ने, प्रतियोगिताको नाम र ब्रान्डिगको लागि कम्पनी कार्यालयमा दर्ता गर्न पहल गर्ने, सहारा फुटबल एकेडेमीको थप भौतिक पूर्वाधार सहित प्यारापिट निर्माणमा सम्बन्धित निकायमा पहल गर्ने लगायत योजना सुनाए ।

क्लबले चौंथो ब्याचमा थप ३० जना कठिन परिस्थिति तथा विपन्न वर्गका बालक भर्ना गर्ने लक्ष्य अनुरुप हालसम्म ११ जना भर्ना भइसकेको क्लब अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।

पोखरामा २०६१ सालदेखि सहारा एकेडेमी संचालन गर्दै आएको क्लबले हरेक वर्ष पोखरा रंगशालामा फुटबल टुर्नामेन्टलाई निरन्तरता दिएको छ । २०५८ मा क्याराभानदेखि सुरु भएकोमा गत वर्ष २२ औं संस्करणका आहा रारा पोखरा गोल्ड कप भएको थियो ।

शनिबार नै क्लबको १३ औं अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो