काठमाडौं । युरोपियन च्याम्पियनसिप २०२४ छनोटमा साविक विजेता इटाली नर्थ म्यासोडोनियासँग १–१ गोलको बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा इटालीले सुरुआती अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको हो ।
किरो इमोबिलले खेल सकिँन नौं मिनेटअघि एनिस बार्धीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । यससँगै नवनियुक्त इटालीयन प्रशिक्षक लुसिआनो स्पालेटीले पहिलो खेल बराबरीमा चित्त बुझाएका छन् । यसअघि इम्माबिलले खेलको ४७औं मिनेटमा इटालीलाई अग्रता दिलाएका थिए ।
यसअघि इटाली कतार विश्वकपको प्लेअफमा म्यासोडोनियासँग पराजित हुँदा विश्वकप गुमाएको थियो । साविक विजेता इटालीले अब जर्मनीको सामना गर्नेछ ।
इटाली र म्यासोडोनियाको समाना चार अंक छ । समूह ‘सी’ मा इङ्ल्यान्ड १३ अंकसहित शीर्षस्थान र युक्रेन सात अंकसहित दोस्रो स्थानमा छ । इटाली समान अंक भएपनि तेस्रो स्थानमा रह्यो ।
राति नै भएको अन्य खेलमा युक्रेन र इङल्यान्डले १–१, बेल्जियमले अजरबैजानलाई १–०, स्विडेनले इस्टोनियालाई ५–०, इजरायलले रोमानियासँग १–१ गोलको बराबरी नतिजा निकालेका छन् ।