अल दुहेल

कौटिन्हो कतारी क्लब अल दुहेलमा अनुबन्ध

काठमाडौं । ब्राजिलियन मिडफिल्डर फिलिप कौटिन्हो कतारी क्लब अल दुहेलमा अनुबन्ध भएका छन् ।  अल दुहेलले इङ्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाबाट कौटिन्होलाई लोनमा भित्र्याएको हो ।

सन् २०२२ मा स्पेनिस ला लिगाको क्लब बार्सिलोनबाट लोनमा एस्टन भिल्ला भित्रिएका कौटिन्होलाई क्लबले सोही वर्ष स्थायी बनाएको थियो । कौटिन्होले एस्टन भिल्लाका लागि २२ प्रिमियर लिग खेलमा एक गोल गरे ।

कौटिन्होले लिभरपुल, बायर्न म्युनिख ( लोन), इन्टर मिलान जस्ता क्लबबाट खेलिसकेका छन् ।