वैशाख २८, २०८२ आइतबार | १७:२६:२४
सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

यमल कम उमेरका गोल गर्ने पहिलो स्पेनिस खेलाडी

काठमाडौं । क्याटलान क्लब बार्सिलोनाका अट्याकर लामिन यमल कम उमेरमा गोल गर्ने पहिलो स्पेनिस अन्तर्राष्ट्रिय खेलाडी बनेका छन् । युरो २०२४ को छनोट खेलमा जर्जियाविरुद्ध ७–१ को जित निकाल्दा यमलले एक गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

शुक्रबार राति स्पेनले सात गोल गर्दा अल्भारो मोरटाले ह्याट्रिक गरे । एट्लेटिको मड्रिडका मोरटाले खेलको २२, ४० र ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 

यमल गोल गर्दा १६ वर्ष ५७ दिनमा मात्रै छन् । उनले बार्सिलोनाकै समकक्षी गाभीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् ।

यसैगरी डानियल ओल्मो र निको विलियम्स र यमलले एक गोल गरेका हुन् । जर्जियाका सोलोमनले एक आत्माघाति गोल गरेका थिए । घरेलु टोलीका लागि एकमात्रै गोल चकभेटाडले गरेका हुन् ।

यमल गोल गर्दा १६ वर्ष ५७ दिनमा मात्रै छन् । उनले बार्सिलोनाकै समकक्षी गाभीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । सन् २०२१ मा गामीले १७ वर्ष ६२ दिनमा डेब्यु गरेका थिए ।

यमलले गत अप्रिलमा बार्सिलोनाको लागि डेब्यु गरेका हुन् । बार्सिलोनामा यमल पहिलो एघारमा खेल्दै आएका छन् । ‘डेब्यु खेलमा गोल गोल निकै खुसी छु,’ यमलले भनेका छन् । ‘यो मेरो सपना थियो । पूरा भएको छ ।’

युरो छनोटको अर्काे खेलमा पोर्चुगलले स्लोभाकियालाई १–० ले हराएको छ ।  

समूह ‘ए’ मा दोस्रो जितसँगै स्पेन दोस्रो स्थानमा उक्लिएको छ । तीन खेलबाट स्पेनको ६ अंक छ । सतप्रतिशत जित निकालेको स्कटल्यान्ड १५ अंकसहित शीर्षस्थानमा छ ।

युरो छनोटको अन्य खेलमा पोर्चुगलले स्लोभाकियालाई १–०, क्रोयशियाले लातभियालाई ५–० र स्कटल्यान्डले साइप्रसलाई ३–० ले हराएका छन् । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP