कार्तिक ९, २०८१ शुक्रबार | १०:३२:५६
कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता श्रीलंकाविरुद्ध कप्तान अन्जिला र सावित्रा सुरुआती रोजाईमा कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता श्रीलंकाविरुद्ध कप्तान अन्जिला र सावित्रा सुरुआती रोजाईमा

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

काठमाडौं । नेपाल र म्यानमारबीचको पहिलो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।

शुक्रबार म्यानमारको घरेलु मैदान थुउन्ना रंगशालामा अन्जन विष्टले पेनाल्टी अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा सकिएको हो ।

अन्जनले खेलको दोस्रो हाफमा पेनाल्टी अवसर गुमाएका थिए ।  अन्जनको प्रहालाई म्यानमारका गोलकपिर क्यान सजिन फियोले बचाएका थिए । 

५८औं मिनेटमा अन्जनकै प्रहारलाई म्यानमारका खेलाडीले हातले रोकेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

पेनाल्टीमा चुकेसँगै अन्जनले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने अवसर पनि गुमाए । यो कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ । दुवैले १३ गोल गरेका छन् । 


 

म्यानमारविरुद्ध दुई नेपाली खेलाडीले अन्तर्राष्ट्रिय डेब्यू गरेका छन् । जिलेस्पी जंग कार्कीले पहिलो रोजाइमै मौका पाउँदा अर्का फरवार्ड हिसुब थपलिया दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । ८४ औं मिनेटमा हिसुबले अन्जन विष्टलाई प्रतिस्थापन गरेका थिए ।

जिलेस्पी विभागीय टोली त्रिभुवन आर्मीबाट व्यवासायिक फुटबल खेल्छन् भने हिसुबले जावलाखेलको प्रतिनिधित्व गर्छन् ।

अर्को महिना हुने लाओसविरुद्धको विश्वकप तथा एसिया कप छनोटको तयारीका लागि नेपाल दुईवटा मैत्रीपूर्ण खेल खेल्न म्यानमार पुगेको हो । दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

 


भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship