माघ १८, २०८२ आइतबार | १७:३६:४४
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

डिभिजन क्लबको बटमलाइनः एन्फा साधारणसभामा भौतिक उपस्थिती

काठमाडौं । सहिद स्मारक लिगका क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रस्तावित विशेष साधारणसभामा भौतिक उपस्थिती हुनुपर्ने मागलाई आफ्नो बटमलाइन भएको बताएका छन् ।

एन्फाको आह्वानमा शुक्रबार भएको दुई पक्षीय बैठकमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका प्रतिनिधिहरुले साधारणसभामा भौतिक उपस्थिती नभए बहिस्कार गर्ने अडान राखे । क्लबहरुको तर्फबाट हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, संकटा क्लबका अध्यक्ष एवं एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरलगायतले आफ्ना मागहरु राखेका थिए ।

छलफलमा एन्फाको तर्फबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईका साथै उपाध्यक्षहरु र केही सदस्यको समेत उपस्थिती थियो । एन्फाले यही भदौ २४ गतेलाई भर्चुअल साधारणसभा गर्ने तयारी गरेको थियो । अडिटर नियुक्तिलगायतका एजेन्डामा निर्णय गर्न बोलाइएको साधारणसभामा भौतिक उपस्थिती हुनुपर्ने भन्दै डिभिजन लिगका क्लबहरुले माग राखेका थिए ।

‘हामीले उहाँहरुलाई सामान्य अवस्थामा गरिन लागेको साधारणसभामा भौतिक उपस्थिती हुनै पर्ने भन्यौं । एन्फाको विधानले भर्चुअल साधारणसभा कल्पना गरेको छैन । महामारी, कुनै ठूलो प्राकृतिक दूर्घटना वा अन्य असामान्य अवस्था भएमा नगरि नहुने कामका लागि भर्चुअल वैठक बसेर निर्णय गर्न सकिन्छ । तर सदस्यहरुलाई छल्दै आफ्नो मनोमानी लाद्नका लागि सामान्य अवस्थामा भर्चुअल साधारणसभा हामीलाई मान्य हुने छैन,’ एन्फाका पूर्व अध्यक्ष शेर्पाले छलफलमा भनेका थिए ।

शेर्पाले आफ्ना तर्कहरुको एन्फा नेतृत्वले चित्तबुझ्दो जवाफ दिन नसकेको बताउँदै ‘अवैधानिक’ तरिकाले गरिने साधारणसभाले नेपाली फुटबललाई थप विवादको बाटो हुँदै दूर्घटनाउन्मुख गराउने बताए ।

‘हामीले उहाँहरुलाई प्रष्टसँग सबथोक भनेका छौं । वैधानिक तवरले गर्नुस भन्न खोजेका हौं । उहाँहरुले छलफल गरेर जवाफ दिने भन्नुभएको छ,’ शेर्पाले भने, ‘हामी प्रतिक्षा गर्नेछौं ।’

क्लबहरुले साधारणसभामा भौतिक उपस्थिती नभए बहिस्कार गर्ने र अध्यक्षमाथि अविश्वासको प्रस्ताब हाल्ने तयारीमा लाग्ने रणनीति बनाएको एक प्रतिनिधिले बताए । ‘फुटबललाई मुठभेडतर्फ लाने की सहमतिमा वैधानिक तरिकाले अगाडि बढाउने भन्ने कुरा उहाँहरुको हातमा छ,’ उनले भने ।

एन्फाका प्रवक्ता सुरेश शाहले एन्फा कार्यसमितिबाट निर्णय भइसकेको र तयारी अन्तिम चरणमा पुगिसकेकाले विशेष साधारणसभामा भौतिक उपस्थिती गराउन नसकिने बताए । ‘क्लबका प्रतिनिधिहरुले भौतिक उपस्थिती हुनुपर्ने, त्यसो नभए भाग नलिने अडान दोहोर्याउनुभयो,’ शाहले भने, ‘एन्फाले निर्णय गरिसकेको छ । सबै सदस्यहरुलाई त्यहीअनुसार सूचित गरिइसकेको छ । त्यसैले यसपालीको विशेष साधारणसभा भर्चुअल माध्यमबाटै हुनेछ ।’

प्रवक्ता शाहले राष्ट्रिय खेलकुद परिषदबाट प्रतिनिधि खटाइसकिएको र सबै सदस्य जिल्ला, संघ तथा क्लबहरुबाट प्रतिनिधि आइसकेको बताउँदै अन्तिम समयमा परिवर्तन गर्न समस्या हुने बताए । ‘क्लबहरुको चासो सुनेपछि साधारणसभामा भोटिङको लागि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्नेछौं,’ शाहले थपे ।

कार्यसमितिको आकस्मिक बैठक

डिभिजन क्लबहरु विशेष साधारणसभामा भौतिक उपस्थिती नभए बहिस्कार गर्ने अडानमा कायम रहेपछि एन्फा कार्यसमितिको आपतकालिन बैठक बस्ने भएको छ ।

शुक्रबार क्लबका प्रतिनिधिहरुले आफ्नो अडान राखेर फर्केपछि एन्फा नेतृत्वले २४ गते विशेष साधारणसभाकै दिनलाई आपतकालिन बैठक बोलाउने तयारी गरेको छ । एन्फा स्रोतका अनुसार आपतकालिन बैठक बिहान ९ बजे बस्ने तयारी छ । विशेष साधारणसभा भने दिउसो १२ः३० बजे हुने बताइएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।