चैत्र ६, २०८२ शुक्रबार | १५:३९:४५
विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई

डिभिजन क्लबको बटमलाइनः एन्फा साधारणसभामा भौतिक उपस्थिती

काठमाडौं । सहिद स्मारक लिगका क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रस्तावित विशेष साधारणसभामा भौतिक उपस्थिती हुनुपर्ने मागलाई आफ्नो बटमलाइन भएको बताएका छन् ।

एन्फाको आह्वानमा शुक्रबार भएको दुई पक्षीय बैठकमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका प्रतिनिधिहरुले साधारणसभामा भौतिक उपस्थिती नभए बहिस्कार गर्ने अडान राखे । क्लबहरुको तर्फबाट हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, संकटा क्लबका अध्यक्ष एवं एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरलगायतले आफ्ना मागहरु राखेका थिए ।

छलफलमा एन्फाको तर्फबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईका साथै उपाध्यक्षहरु र केही सदस्यको समेत उपस्थिती थियो । एन्फाले यही भदौ २४ गतेलाई भर्चुअल साधारणसभा गर्ने तयारी गरेको थियो । अडिटर नियुक्तिलगायतका एजेन्डामा निर्णय गर्न बोलाइएको साधारणसभामा भौतिक उपस्थिती हुनुपर्ने भन्दै डिभिजन लिगका क्लबहरुले माग राखेका थिए ।

‘हामीले उहाँहरुलाई सामान्य अवस्थामा गरिन लागेको साधारणसभामा भौतिक उपस्थिती हुनै पर्ने भन्यौं । एन्फाको विधानले भर्चुअल साधारणसभा कल्पना गरेको छैन । महामारी, कुनै ठूलो प्राकृतिक दूर्घटना वा अन्य असामान्य अवस्था भएमा नगरि नहुने कामका लागि भर्चुअल वैठक बसेर निर्णय गर्न सकिन्छ । तर सदस्यहरुलाई छल्दै आफ्नो मनोमानी लाद्नका लागि सामान्य अवस्थामा भर्चुअल साधारणसभा हामीलाई मान्य हुने छैन,’ एन्फाका पूर्व अध्यक्ष शेर्पाले छलफलमा भनेका थिए ।

शेर्पाले आफ्ना तर्कहरुको एन्फा नेतृत्वले चित्तबुझ्दो जवाफ दिन नसकेको बताउँदै ‘अवैधानिक’ तरिकाले गरिने साधारणसभाले नेपाली फुटबललाई थप विवादको बाटो हुँदै दूर्घटनाउन्मुख गराउने बताए ।

‘हामीले उहाँहरुलाई प्रष्टसँग सबथोक भनेका छौं । वैधानिक तवरले गर्नुस भन्न खोजेका हौं । उहाँहरुले छलफल गरेर जवाफ दिने भन्नुभएको छ,’ शेर्पाले भने, ‘हामी प्रतिक्षा गर्नेछौं ।’

क्लबहरुले साधारणसभामा भौतिक उपस्थिती नभए बहिस्कार गर्ने र अध्यक्षमाथि अविश्वासको प्रस्ताब हाल्ने तयारीमा लाग्ने रणनीति बनाएको एक प्रतिनिधिले बताए । ‘फुटबललाई मुठभेडतर्फ लाने की सहमतिमा वैधानिक तरिकाले अगाडि बढाउने भन्ने कुरा उहाँहरुको हातमा छ,’ उनले भने ।

एन्फाका प्रवक्ता सुरेश शाहले एन्फा कार्यसमितिबाट निर्णय भइसकेको र तयारी अन्तिम चरणमा पुगिसकेकाले विशेष साधारणसभामा भौतिक उपस्थिती गराउन नसकिने बताए । ‘क्लबका प्रतिनिधिहरुले भौतिक उपस्थिती हुनुपर्ने, त्यसो नभए भाग नलिने अडान दोहोर्याउनुभयो,’ शाहले भने, ‘एन्फाले निर्णय गरिसकेको छ । सबै सदस्यहरुलाई त्यहीअनुसार सूचित गरिइसकेको छ । त्यसैले यसपालीको विशेष साधारणसभा भर्चुअल माध्यमबाटै हुनेछ ।’

प्रवक्ता शाहले राष्ट्रिय खेलकुद परिषदबाट प्रतिनिधि खटाइसकिएको र सबै सदस्य जिल्ला, संघ तथा क्लबहरुबाट प्रतिनिधि आइसकेको बताउँदै अन्तिम समयमा परिवर्तन गर्न समस्या हुने बताए । ‘क्लबहरुको चासो सुनेपछि साधारणसभामा भोटिङको लागि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्नेछौं,’ शाहले थपे ।

कार्यसमितिको आकस्मिक बैठक

डिभिजन क्लबहरु विशेष साधारणसभामा भौतिक उपस्थिती नभए बहिस्कार गर्ने अडानमा कायम रहेपछि एन्फा कार्यसमितिको आपतकालिन बैठक बस्ने भएको छ ।

शुक्रबार क्लबका प्रतिनिधिहरुले आफ्नो अडान राखेर फर्केपछि एन्फा नेतृत्वले २४ गते विशेष साधारणसभाकै दिनलाई आपतकालिन बैठक बोलाउने तयारी गरेको छ । एन्फा स्रोतका अनुसार आपतकालिन बैठक बिहान ९ बजे बस्ने तयारी छ । विशेष साधारणसभा भने दिउसो १२ः३० बजे हुने बताइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो