नेपाली फुटबल

राष्ट्रिय टोलीबाट जिलेस्पीको डेब्यू

फाइल फोटो

काठमाडौं । फरवार्ड जिलेस्पीजंग कार्कीले राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्ने भएका छन् । म्यानमारविरुद्ध हुने पहिलो मैत्रीपूर्ण खेलको पहिलो रोजाईमा परेपछि उनले डेब्यू गर्ने निश्चित भएको हो ।

जिलेस्पी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । यस सिजन विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अर्को महिना हुने लाओसविरुद्धको विश्वकप तथा एसिया कप छनोटको तयारीका लागि नेपाल दुईवटा मैत्रीपूर्ण खेल्न म्यानमार पुगेको हो । आजको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

नेपालको पहिलो रोजाई

किरणकुमार लिम्बू ( गोलकिपर / कप्तान), आषिश चौधरी, रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, लाकेन लिम्बु, आवास लामिछाने, मनीष डाँगी, अन्जन विष्ट, आयुष घलान , जिलेस्पीजंग कार्की