वैशाख २८, २०८२ आइतबार | १७:३१:२५
सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

झन् नयाँ नेपाली टिमसामु बर्मेली परीक्षा

काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोली म्यानमारको सामना गर्दैछ । म्यानमारको हुयुन्ना मैदानमा नेपाली समयअनुसार खेल सवाँ चार बजे हुने तालिका छ ।

दुबै टोलीले सन् २०२६ फिफा विश्वकप छनोटको तयारीलागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालले अक्टोबरमा लाओससँग दशरथ रंगशालामा खेल्दैछ । अवे खेल भने लाओसमै हुने तालिका छ ।

यसअघि नेपाल र म्यानमारबीच ०७६ कात्तिकमा भेट भएको थियो । जहाँ म्यानमार ३–० ले विजयी भएको हो । सो हारको बदला लिने अवसर नेपाली युवा टोलीलाई छ ।

दुबै टोलीका प्रशिक्षक र कप्तानले खेल जित्ने दाबी गरेका छन् । नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अर्बेर्टाे एनेसले म्यानमार टोली निकै बलियो रहेको बताउँदै नेपालले राम्रो प्रतिस्पर्धा गर्ने बताएका छन् । उननी टोलीको युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा आशाबादी छन् ।

नेपालका रक्षक रोहित चन्दले तयारी राम्रो भएको र राम्रा नतिजो आफ्नो पक्षमा आउने विश्वास गरेका छन् ।  उनले यो खेलले विश्वकप छनोटअघि राम्रो तयारी हुने बताएका छन् ।

नेपाली टोलीमा साफ च्याम्पियनसिप खेलेका १० खेलाडी बाहिर छन् । सात नयाँ खेलाडी पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । २३ सदस्यीय टोलीमा १० खेलाडीले डेब्यु गर्न बाँकी छ ।

जावलाखेल युथका रक्षक छिरिङ लामा, मनाङ मर्स्याङ्दी क्लबका आशिष गुरुङ र नेपाल पुलिस क्लबका अन्जन राई, मच्छिन्द्र एफसीका मिडफिल्डर उत्सव राई, त्रिभुवन आर्मी एफसीका दिनेश हेन्जन र जिलेस्पीजंग कार्की तथा जावलाखेल युथबाट हिसुब थपलियाले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।

सातदोबाटो युथका गोलकिपर अभिषेक बराल र न्युरोड टिम एनआरटीबाट खेलेका मिडफिल्डर कृतिशरत्न छुन्जुले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ । साफ च्याम्पियनसिप खेलेका विमल घर्ति मगर, निशान खड्का, पुजन उपरकोटी, दीपकराज सिंह ठकुरी, नविन लामा, देवेन्द्र तामाङ, विमल पाण्डे, सिमन्त थापा, विशाल श्रेष्ठ र मणिकुमार लामा टोली बाहिर छन् ।  

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP