चैत्र १२, २०८२ बिहीबार | १५:५२:०७
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

साफ यु-१६ च्याम्पियनसिपः माल्दिभ्स सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली भुटानमाथि ३-२ को रोमाञ्चक जित निकाल्दै माल्दिभ्सले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

जितसँगै दुई खेलमा तीन अंक जोडेको मल्दिभ्स समूह ‘बी’ को उपविजेता बन्यो । दुवै खेलमा पराजित भएको भुटान अंकविहिन बन्यो ।

पहिलो खेलमा भुटान र माल्दिभ्सले पाकिस्तानसँग क्रमशः २-१ र ३-० को हार ब्यहोरेका थिए ।  

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा माल्दिभ्सलाई जित दिलाउन मोहम्मद इम्रान र नाथन इब्राहिम जाकीले गोल गरे । एक गोल आत्मघाली उपहार स्वरुप प्राप्त भयो । भुटानका लागि दुवै गोल कप्तान सोनम दोर्जीले फर्काए ।

खेलको चौथो मिनेटमा मोहम्मदको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । ४२ औं मिनेटमा सोनमले भुटानलाई बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा सोनमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अगाडी बढाए । इन्जुरी समयमै किन्गेल वाङ्चुक दोर्जीबाट आत्मघाती गोल हुन पुग्दा माल्भ्सि २-२ को बराबरीमा आयो ।

७१ औं मिनेटमा नाथनले गोल गर्दै माल्दिभ्सलाई ३-२ को रोमाञ्चक जित दिलाए ।

बुधबार नै सम्पन्न खेलमा भारतसँग १-० ले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरियो ।

सेमिफाइनलमा माल्दिभ्सले समूह‘ए’ को विजेता भारतको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता बंगलादेशबीच हुनेछ । 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो