साफ यु-१६ च्याम्पियनसिप

साफ यु-१६ च्याम्पियनसिप: बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले भुटानमा जारी दक्षिण एसिया फुटबल महासंघ (साफ) यु-१६ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।

नेपाल बंगलादेशलाई पराजित गर्दै एक खेल अगावै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने लक्ष्यमा छ । पहिलो खेलमा भारसँग १-० ले पराजित गरेको बंगलादेश पनि नेपाललाई स्तब्ध बनाउँदै सेमिफाइनल सम्भावना जिवितै राख्न चाहन्छ ।