डुरान्ड कप

डुरान्ड कपः मोहन बगान च्याम्पियन

काठमाडौं । इन्डियन सुपर लिग (आइएसएल) को टोली मोहन बगान सुपर जायन्ट फुटबल क्लब भारतको प्रतिष्ठित डुरान्ड कपको च्याम्पियन बनेको छ ।

कोलकाताको विवेकानन्द युवा भारती क्रिरंगन रंगशालमा भएकाे फाइनलमा  माेहन बगानले इस्ट बंगाल फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । खेलको ७१ औं मिनेटमा दिमित्री पेट्राटोसले गरेको एक मात्र गोल मोहन बगानलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

विजेता मोहनले ५० लाख र उपविजेता इस्ट बंगालले ले ३० लाख भारतीय रुपैयाँ (भारु) प्राप्त गरे।

डुरान्ड कपकाे १ सय ३२ औं संस्करणमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले पनि सहभागिता जनाएको थियो । आर्मीले समूह चरण भने पार गर्न सकेन ।

दिल्ली एफसीसँग १-१ को बराबरी खेलेको आर्मीले चेन्नई र हैदराबाद एफसीसँग समान ३-० को हार ब्यहोरेको थियो ।