भिसेल कोबे

माटा जापनिज क्लबमा अनुबन्ध

काठमाडौं । स्पेपनिस मिडफिल्डर जुआन माटा जापनिज क्लब भिसेल कोबेमा अनुबन्ध भएका छन् । कोबेले माटालाई फ्रि-ट्रान्सरफरमा अनुबन्ध गरेको हो ।

माटाले गत सिजन टर्किस क्लब गालातासरेबाट खेलेका थिए । क्लब टर्किस लिग च्याम्पियन बनेको थियो ।

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट गालातासरे पुगेका माटाले १६ लिग खेल खेल्दा तीन गोल गरे । रियाल मड्रिड एकेडेमीका उत्पादन माटाले भ्यालेन्सिया र चेल्सीबाट पनि खेलेका थिए ।

माटाले स्पेनका लागि ४१ खेल खेल्दा १० गोल गरेका छन् ।