चैत्र ९, २०८२ सोमबार | १२:१५:४१
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता विजेतालाई ५ लाख रुयैया

काठमाडौं, (खेलाडी)-  शनिबारबाट फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’को विजेताले पाँच लाँख रुपैया प्राप्त गर्ने भएका छन् ।

पूर्व राष्ट्रिय फुटबल खेलाडीहरूको संस्था फुटबलर्स मिसनले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ ।

कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट पद्धतिमा हुने र २१ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । सहभागी २१ टोलीलाई सात समूहमा विभाजन गरिएको छ ।

जहाँ प्रत्येक समूहको शीर्ष टोली  र उत्कृष्ट एक उपविजेता क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

हरेक टोलीमा २० खेलाडी हुने र तीमभ्ये ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी र बाँकी खेलाडी ४० वर्षभन्दा माथिका हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेल ६० मिनेट (एक हाफ ३०)को हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैया र उपविजेताले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार दिने आयोजकले बताएको छ ।

प्रतियोगिताको अयोजनका लागि एन्फा, ललितपुर महानगरपालिकासँगै नगार्जुन नगरपालिका, ठिमी र गोदावरी नगरपालिको सहयोग रहेको आयोजकले जनायो ।

प्रतियोगिताबाट उठेको पैसाले अक्षय कोष बनाएर फुटबलका पूर्व खेलाडी, प्रशिक्षक तथा रेफ्रीको स्वास्थ्य बीमा गर्ने योजना रहेको फुटबलर्स मिसन टुगेदरले बताएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो