माघ १७, २०८२ शनिबार | १७:४१:१०
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता विजेतालाई ५ लाख रुयैया

काठमाडौं, (खेलाडी)-  शनिबारबाट फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’को विजेताले पाँच लाँख रुपैया प्राप्त गर्ने भएका छन् ।

पूर्व राष्ट्रिय फुटबल खेलाडीहरूको संस्था फुटबलर्स मिसनले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ ।

कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट पद्धतिमा हुने र २१ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । सहभागी २१ टोलीलाई सात समूहमा विभाजन गरिएको छ ।

जहाँ प्रत्येक समूहको शीर्ष टोली  र उत्कृष्ट एक उपविजेता क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

हरेक टोलीमा २० खेलाडी हुने र तीमभ्ये ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी र बाँकी खेलाडी ४० वर्षभन्दा माथिका हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेल ६० मिनेट (एक हाफ ३०)को हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैया र उपविजेताले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार दिने आयोजकले बताएको छ ।

प्रतियोगिताको अयोजनका लागि एन्फा, ललितपुर महानगरपालिकासँगै नगार्जुन नगरपालिका, ठिमी र गोदावरी नगरपालिको सहयोग रहेको आयोजकले जनायो ।

प्रतियोगिताबाट उठेको पैसाले अक्षय कोष बनाएर फुटबलका पूर्व खेलाडी, प्रशिक्षक तथा रेफ्रीको स्वास्थ्य बीमा गर्ने योजना रहेको फुटबलर्स मिसन टुगेदरले बताएको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।