म्यानचेस्टर युनाइटेड

अलन्सो भित्र्याउने युनाइटेडको चाहना

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस रक्षक मार्कोस अलन्सो अनुबन्धमा इच्छा देखाएको छ ।

युनाइटेडले स्पेनिस क्लब बार्सिलोनाबाट अलन्सोलाई भित्र्याउन चाहेको हो । लुक शा चोटका करण लामो समय मैदान बाहिर रहने भएपछि युनाइटेड विकल्पको खोजीमा छ ।

सन् २०२२ मा प्रिमियर लिगकै क्लब चेल्सीबाट बार्सिलोना पुगेका अलन्सोले २४ स्पेनिस ला लिगा खेलमा तीन गोल गरेका छन् ।