वैशाख २८, २०८२ आइतबार | १७:०८:३५
सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

महिला फुटबलमा प्रगतीसँगै थपिएको चुनौती

काठमाडौं । इङ्ल्यान्डलाई १-० ले पराजित गर्दै आइतबार स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि उचाल्यो ।  

फाइनल समापनसँगै एक महिना लामो फुटबल मेलाको अन्त्य भएको छ । सम्रगमा यसपालीको विश्वकप विगतका विश्वकपभन्दा केही रोचक रह्यो । फुटबललाई नजिकले बुझेकाहरुले यसपाली अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा केही फरक महसुस गरे । एक त अविस्वसनीय खेलहरु अर्को पूर्वाधारका हिसाबले पनि भिन्न ।

महिला फुटबल एक दशक अगाडिसम्म पनि पुरुष फुटबलभन्दा निकै पछाडि थियो । अहिले पनि छ । तर, यसपालीको विश्वकपले महिला फुटबलले फड्को मारेको प्रष्ट देखायो । दर्शकहरुको चाँप एकातिर, खेलाडीहरुको स्तरीय प्रदर्शन अर्कोतिर । यी दुई विषयको मिश्रण बडो गज्जबको थियो ।

महिला फुटबल अब यो भन्दा बढी कहाँसम्म जानेछ ? आगामी दिनको लागि यो प्रतियोगिताले थुप्रै चुनौतीहरु थपिदिएको छ ।

यसपाली महिला विश्वकपको मुख्य आकर्षण भनेकै ३२ टोलीहरुको सहभागिता थियो । गत संस्करणसम्म २४ टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्थे । ३२ टोलीहरुको सहभागिता हुँदा प्रतियोगिताको लोकप्रियता घट्ने हो की भन्नेमा शंका थियो । तर, त्यस्तो भएन, उल्टै नयाँ टोलीहरु पूराना बलिया टोलीहरुमाथि हाबी भए ।

पछिल्ला विश्वकपहरुमा एउटै कथा दोहोरिन्थ्यो । राम्रा टोलीहरु सँधै कमजोर टोलीहरुमाथि हाबी हुन्थे । स्कोरलाइन फराकिलो हुन्थ्यो । यसपाली पनि यस्तै कथाहरु दोहोरिने अनुमान गरिएको थियो । पहिलोपटक विश्वकप खेलिरहेका हाइटी, फिलिपिन्स र मोरक्कोहरुलाई कसैले गनेका थिएनन् ।

तर, जस्तो अनुमान गरिएको थियो, त्यसको ठ्याक्कै उल्टो भयो । प्रतियोगितामा अनपेक्षित नतिजाहरु निस्किए । कमजोर मानिएका टोलीको प्रभाव कत्तिको थियो भन्ने जर्मनी समूह चरणबाटै बाहिरिनुले पनि प्रष्ट पार्छ । जर्मनी समूह चरणबाट बाहिरिनुको एउटै कारण थियो, कोलम्बियासँगको पराजय । इन्जुरी समयमा सम्हालिन नसक्दा जर्मनी कोलम्बियासँग २-१ ले पराजित भएको थियो । जर्मनीसँगै थप फुटबलका दुई हस्तीहरु इटाली र ब्राजिलले पनि समूह चरण पार गर्न सकेनन् ।

यससैगरी फिलिपिन्स, न्युजिल्यान्ड, जाम्बिया, पोर्चुगल, जमैका, दक्षिण अफ्रिका र मोरक्कोले विश्वकपमा पहिलो जित हासिल गरे ।

उता डिफेन्डिङ च्याम्पियन अमेरिका पनि अन्तिम १६ बाट माथि जान सकेन । स्विडेनसँग टाइब्रेकरमा पराजित भएको अमेरिका लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यका साथ अस्ट्रेलिया/ न्युजिल्यान्ड पुगेको थियो । विश्वकप इतिहासमा अमेरिकाको यो सबैभन्दा खराब प्रदर्शन हो । जसका कारण यसै साता प्रशिक्षक भ्लाट्को एन्डोनोभोस्कीले पदबाट राजिनामा दिएका थिए ।

यसपालीको विश्वकप मैदान भित्र र बाहिर दुवैमा सफल रह्यो । नकआउट चरणअघि नै १.४ मिलियन दर्शकहरु स्टेडियम पुगेका थिए । दर्शकको उपस्थितिका हिसाबले यो विश्वकप सबैभन्दा सफल विश्वकप हो । इडन गार्डेन, अकल्यान्डमा सम्पन्न उद्धघाटन खेलमा न्युजिल्यान्डले पूर्वविजेता नर्वेलाई १-० ले पराजित गरेको थियो । उक्त खेलमा ४२ हजार एक सय ३७ दर्शकहरुको उपस्थिति थियो । न्युजिल्यान्ड फुटबल (महिला र पुरुष) दुवैमा यो दर्शक सङ्ख्या अहिलेसम्मकै उच्च हो । समर्थकहरुको बाक्लो उपस्थिति र विश्वकपमा पहिलो जित हासिल गरेपछि खेलाडीहरु भावुक बनेका थिए ।

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सेमिफाइनलमा त झन् ७५ हजार दर्शकको उपस्थिति थियो । खेलले अस्ट्रेलियाका सबै टेलिभिजन रेकर्ड तोडेको थियो । २५ मिलियन जनसङ्ख्या रहेको अस्ट्रेलियामा झन्डै ११.५ मिलियनले टेलिभिजनमा उक्त खेल हेरेका थिए । तर, अस्ट्रेलिया ३-१ ले निराश बनेको थियो ।

भलै महिला फुटबलको लोकप्रियता बढेको होस् महिला र पुरुष फुटबलमा आर्थिक असमानता अझै उस्तै छ । विजेता स्पेनले यसपाली ट्रफीसहित १ सय १० मिलियन डलर प्राप्त गर्यो । जबकी गत डिसेम्बरमा सम्पन्न कतार विश्वकप विजेता अर्जेन्टिनाले ट्रफी सहित चार सय ४० मिलियन डलर रकम प्राप्त गरेको थियो । जुन महिलाको रकमभन्दा चार गुणा बढी हो ।

टेलिभिजन प्रसारणकै कुरा गरौं न । प्रसारकहरुले महिला विश्वकप देखाउन १ देखि १० मिलियन डलर मात्र दिने प्रस्ताव गरेका थिए । जबकी पुरुष विश्वकपका लागि उनीहरु १ सय देखि २ सय मिलियन दिन तयार थिए ।

महिला फुटबललाई हेर्ने नजर फरक हुँदैछ । महिला विश्वकपले भर्खर त नवौँ संस्करण पार गरेको छ । प्रगति उन्मुखको बाटो समातिसकेको महिला फुटबलमा आर्थिक असमानताको निवारण पनि विस्तारै हुनेछ । अहिले नै यसलाई पुरुष फुटबलसँग तुलना गर्नु गलत होला की ?

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP