वैशाख २६, २०८२ शुक्रबार | १६:५६:११
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

फिफा महिला विश्वकपका यादगार पाँच क्षण

काठमाडौं । आइतबार फिफा महिला विश्वकपले नयाँ विजेता पाउँदैछ । युरोपेली देशहरु स्पेन र इङ्ल्यान्डको फाइनल भिडन्तपछि अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गरेको विश्वकपको समापन हुनेछ ।

एक महिना लामो प्रतियोगिताको समापन पछि विश्वले फुटबलमय वातावरणको आनन्द उठाउन फेरि अर्काे चार वर्ष कुर्नुपर्नेछ । फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यसपालीको विश्वकप विगतका विश्वकपभन्दा धेरै फरक देखिएको छ ।  अप्रत्यासित नतिजाले भरिएको प्रतियोगिता रह्यो । साना टिमले ठूला कहलिएका टोलीलाई स्तब्ध पारे । नयाँ टोलीहरु माथि आएका छन् । सर्वाधिक सफल टोली अमेरिका अन्तिम १६ बाटै बाहिरिनुले पनि थाहा हुन्छ । यसपालीको विश्वकप अप्रत्यासित नजितामय भएको छ । त्यस्तै, फाइनल खेलमा भिड्दै छन्, पहिलो पटक फाइनल पुगेका इङ्ल्यान्ड र स्पेन ।

अब हेरौँ प्रतियोगिताका पाँच यादगार क्षणः

१. कीर्तिमानी दर्शकबीच विश्वकपमा न्युजिल्यान्डको पहिलो जि

आयोजक न्युजिल्यान्डले अन्ततः विश्वकपमा पहिलो जित हासिल गर्याे । प्रतियोगिताको उद्धघाटन खेलमा न्युजिल्यान्डले पूर्वविजेता नर्वेलाई १-० ले पराजित गरेको थियो । अकल्यान्डमा भएको खेलमा न्युजिल्यान्डका लागि स्ट्राइकर हन्ना विल्किन्सनले निर्णायक गोल गरेकी थिएन् । यो जितपछि न्युजिल्यान्ड विश्वकपमा आफ्नो जितविहिन खडेरीलाई तोड्न सफल भयो ।

विश्वकपमा न्युजिल्यान्डको यो छैटौं सहभागिता हो । पछिल्ला १५ खेलमा न्युजिल्यान्डले १२ खेल हार्दा तीन खेलमा बराबरीको नतिजा ल्याएको थियो । ४२ हजार एक सय ३७ दर्शकले नर्वेविरुद्धको खेल हेरेका थिए । न्युजिल्यान्ड फुटबलमा यो दर्शक संख्या अहिलेसम्मकै उच्च हो । समर्थकहरुको बाक्लो उपस्थिति र विश्वकपमा पहिलो जित हासिल गरेपछि खेलाडीहरु भावुक बनेका थिए ।

नर्वेलाई हराएको न्युजिल्यान्ड समूहको दोस्रो खेलमा फिलिपिन्ससँग १-० ले पराजित भयाे। स्विट्जरल्यान्डलाई गोलरहित बराबरीमा रोकेको न्युजिल्यान्ड गोलअन्तरको आधारमा नर्वेभन्दा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएकाे थियाे।

२. जर्मनी समूह चरणबाटै बाहिर
दुईपटकको विश्वविजेता जर्मनीले यसपाली समूह चरणपनि पार गर्न सकेन । पहिलो खेलमा मोरक्कोमाथि ६-० को फराकिलो जित हासिल गरेको जर्मनी दोस्रो खेलमा कोलम्बियासँग २-१ ले स्तब्ध भएकाे थियो । निर्धारित ९० मिनेटसम्म खेल १-१ को बराबरीमा चलिरहेको थियो । तर, इन्जुरी समयमा कोलम्बियाकी मान्वेला भानेगासले गोल गरिन्। ४० हजार दर्शकसामू जर्मन निराश बनेको थियो । अन्तिम खेलमा दक्षिण कोरियासँग १-१ को बराबरीमा रोकिएपछि जर्मनी पहिलोपटक समूह चरणबाटै बाहिरिएको हो ।

३. थेम्बी काट्लानाको खास गोल
विश्वकपमा आफ्नो दोस्रो सहभागिता जनाइरहेको दक्षिण अफ्रिका यसपाली सबैभन्दा कठिन समूहमा थियो । समूहमा दक्षिण अफ्रिकासँगै अर्जेन्टिना, स्विडेन र इटाली थिए । समूहमा सबैभन्दा कमजोर दक्षिण अफ्रिकालाई नै मानिएको थियो । तर, दक्षिण अफ्रिकाले अप्रत्याशित रुपमा समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनायो । 

पहिलो खेलमा स्विडेनसँग २-१ ले हारेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा अर्जेन्टिनासँग २-२ को बराबरी खेलेको थियो । इटालीसँगको नतिजा २=२ को बराबरीमा टुंगिदै थियो । तर, इन्जुरी समयमा कप्तान थेम्बी काट्लानाले दक्षिण अफ्रिकाका लागि निर्णाक गोल गरिन् । जसले टोलीलाई पहिलो पटक नकआउट चरण पुर्यायो ।उक्त गोलनाको लागि खास थियो । काट्लानाको गोलमा सबै वैकल्पिक खेलाडीहरु खुसीयाली मनाउन मैदान प्रवेश गरेका थिए । 

 काट्लानले यसपाली विश्वकप खेल्ने नखेल्नेमा शंका थियो । कारण उनले विश्वकपअघि मात्र परिवारका तीन सदस्य गुमाएकी थिइन् । अन्तिम १६ मा दक्षिण अफ्रिका डच टोलीसँग २-० ले पराजित हुन पुग्यो ।

४. साबिक विजेता यात्रा अन्तिम १६ सम्म मात्र
लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यका साथ अमेरिका अस्ट्रेलिया र न्युजिल्यान्डको यात्रामा निस्केको थियो । अमेरिका उपाधिको प्रबल दावेदार पनि थियो । तर, अन्तिम १६ बाटै अमेरिका प्रतियोगिताबाट बाहिरिन पुग्यो । समूहमा एक खेल जितेको अमेरिकाले दुई खेल बराबरीमा खेलेको हो । 

उपविजेताको हैसियतले नकआउट चरण पुगेको अमेरिकाको भेट स्विडेनसँग भयो । स्विडेनसँग अतिरिक्त समयसम्म पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । अन्तमा जित स्विडेनको भयो ।

५. खेलाडी र प्रशिक्षकबीचको मतभेद
सेमिफाइनलमा स्विडेनलाई २-१ ले पराजित गरेको स्पेनले अन्तिम आठमा नेदरल्यान्ड्सलाई पनि सोही नतिजामा पाखा लगाएको थियो । क्वार्टरफाइनलमा रेफ्रीले अन्तिम सिट्ठी फुकेपछि स्पेनिस प्रशिक्षक जर्ज भिल्डा आफ्ना खेलाडीहरुसँग खुसी साट्न मैदानमा दौडिरहेका थिए ।

तर, आफ्ना खेलाडीहरुबाट भिल्डाले अपमान बाहेक अरु पाएनन् । सबैले भिल्डालाई बेवास्ता गरे । त्यसपछि भिल्डा आफू स्वयम नै रमाए । ठ्याक्कै भन्नुपर्दा रमाएको जस्तो गरे । खेलाडीहरुको उक्त व्यवहार सामाजिक सञ्जालमा निक्कै चर्चा कमायो । अहिलेसम्म पनि उक्त भिडियो लोकप्रिय भइरहेको छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP