चैत्र १६, २०८२ सोमबार | १०:२५:३९
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

मछिन्द्रसँग खेल्न पारो एफसी नेपालमा

काठमाडौं । एएफसी कपको प्रारम्भिक छनोटका लागि पारो एफसी नेपाल आईपुगेको छ । शनिबार पारोको ३५ सदस्यीय टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।  

पारोको जम्बो टोलीलाई मछिन्द्र फुटबल क्लबका पदाधिकारीले स्वागत गरे । एएफसी कपको प्रारम्भिक छनोटमा मछिन्द्र र पारोबीच मंगलबार दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । खेल साझ ५ः३० बजे सुरु हुनेछ ।

यता, मछिन्द्रले मुख्य प्रशिक्षक किशोर केसीको प्रशिक्षणमा तयारी गरिरहेको छ । मछिन्द्रले नयाँ आठसहित २३ खेलाडीलाई प्रशिक्षणमा राखेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका आशिष चौधरी, आयुष घलान, एरिक विष्ट, लाकेन लिम्बू, मेसुके ओलोमोउ, सनिस श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बालाई क्लबले थप गरेको हो । आशिष, आयुष, एरिक, लोकन र सनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।

यसैगरी कप्तान तथा गोलकिपर विशाल श्रेष्ठसहित, अभिषेक गुरुङ, आफिज ओलावाले ओलादिपो, आन्द्रेस निया, विजय भुजेल, विमल घर्ती मगर, देभेन्द्र तामाङ, दिवाकार चौधरी, करिम नुरैन, सौरभ लिम्बू, छिरिङ गुरुङ, उत्सव राई, प्रदीप भण्डारी र सुरज विक टोलीमा छन् ।

लिग खेलेका पुजन उपरकोटी, प्रशान्त अवस्थी, रन्जित धिमाल, सुजल श्रेष्ठ, निसेन सुब्बा, आशिष श्रेष्ठ, सागर थापा र नविन सिलवाल तथा विदेशी खेलाडी युटा सुजुकी र चेन्चो ग्ल्यात्सेन टोलीबाट बाहिरिएका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जिते पनि ‘ए’ लाईसेन्स नहुँदा उपविजेता मछिन्द्रले यो अवसर पाएको हो । त्यसअघि पनि मछिन्द्रले नै एएफसी कप खेलेको थियो । तर मछिन्द्र दोस्रो चरणमा स्थान बनाउन सकेको थिएन ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो