माघ १६, २०८२ शुक्रबार | ०१:३९:५४
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

मछिन्द्रसँग खेल्न पारो एफसी नेपालमा

काठमाडौं । एएफसी कपको प्रारम्भिक छनोटका लागि पारो एफसी नेपाल आईपुगेको छ । शनिबार पारोको ३५ सदस्यीय टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।  

पारोको जम्बो टोलीलाई मछिन्द्र फुटबल क्लबका पदाधिकारीले स्वागत गरे । एएफसी कपको प्रारम्भिक छनोटमा मछिन्द्र र पारोबीच मंगलबार दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । खेल साझ ५ः३० बजे सुरु हुनेछ ।

यता, मछिन्द्रले मुख्य प्रशिक्षक किशोर केसीको प्रशिक्षणमा तयारी गरिरहेको छ । मछिन्द्रले नयाँ आठसहित २३ खेलाडीलाई प्रशिक्षणमा राखेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका आशिष चौधरी, आयुष घलान, एरिक विष्ट, लाकेन लिम्बू, मेसुके ओलोमोउ, सनिस श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बालाई क्लबले थप गरेको हो । आशिष, आयुष, एरिक, लोकन र सनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।

यसैगरी कप्तान तथा गोलकिपर विशाल श्रेष्ठसहित, अभिषेक गुरुङ, आफिज ओलावाले ओलादिपो, आन्द्रेस निया, विजय भुजेल, विमल घर्ती मगर, देभेन्द्र तामाङ, दिवाकार चौधरी, करिम नुरैन, सौरभ लिम्बू, छिरिङ गुरुङ, उत्सव राई, प्रदीप भण्डारी र सुरज विक टोलीमा छन् ।

लिग खेलेका पुजन उपरकोटी, प्रशान्त अवस्थी, रन्जित धिमाल, सुजल श्रेष्ठ, निसेन सुब्बा, आशिष श्रेष्ठ, सागर थापा र नविन सिलवाल तथा विदेशी खेलाडी युटा सुजुकी र चेन्चो ग्ल्यात्सेन टोलीबाट बाहिरिएका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जिते पनि ‘ए’ लाईसेन्स नहुँदा उपविजेता मछिन्द्रले यो अवसर पाएको हो । त्यसअघि पनि मछिन्द्रले नै एएफसी कप खेलेको थियो । तर मछिन्द्र दोस्रो चरणमा स्थान बनाउन सकेको थिएन ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।