म्यानचेस्टर युनाइटेड

युनाइटेड र एडिडासबीच १० वर्षको सम्झौता

काठमाडौं ।  इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र एडिडासबीच १० वर्षका लागि न्यूनतम ९ सय मिलियन पाउण्डको किट प्रायोजन सम्झौता भएको छ।  

जर्मन खेलकुद सामग्री निर्माण कम्पनी एडिडाससँग युनाइटेडको नयाँ सम्झौता सन् २०३५ जुन सम्म रहेनछ । बिबिसीका अनुसार यो इङ्लिस प्रिमियर लिग इतिहासकै सबैभन्दा ठूलो किट सम्झौता हो ।

यसअघि युनाइटेड र एडिडासबीच १० वर्षका लागि ७ सय ५० मिलियन पाउण्ड बराबरको सम्झौता भएको थियो । यी दुईबीचको सहकार्य २०१५/१६ को सिजनदेखि सुरु भएको हो ।  

यसअघि सन् २०१७ मा प्रिमियर लिगकै चेल्सीले नाइकीसँग ९ सय मिलयन पाउण्डकै सम्झौता गरे पनि त्यो १५ वर्षका लागि थियो ।