आर्सनल

किमिच भित्र्याउने आर्सनलको इच्छा

काठमाडौं । इङ्लिस क्लब आर्सनलले जर्मन मिडफिल्डर जोसुवा किमिच भित्र्याउने इच्छा देखाएको छ । आर्सनलले किमिचलाई जर्मन क्लब बायर्न म्युनिखबाट भित्र्याउन चाहेको हो ।

यो सिजन डेक्लान रिस, काइ हाभर्टज, जुरेन टिम्बरलाई अनुबन्ध गरिसकेको आर्सनल टोलीलाई अझै बलियो बनाउन चाहन्छ ।

सन् २०१५ मा अर्को जर्मन क्लब आरबी लाइपजिगबाट बायर्न भित्रिएका किमिचले २ सय ३४ बुन्डेसलिगा खेलमा २५ गोल गरेका छन् ।