फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः स्विट्जरल्यान्डको विजयी सुरुआत

काठमाडौं । स्विट्जरल्यान्डले फिफा महिला विश्वकपमा विजयी सुरुआत गरेको छ । न्यूजिल्यान्डको डुनेडिनस्थित फोर्सिथ बार रंशालामा शुक्रबार सम्पन्न खेलमा स्विट्जरल्यान्डले फिलिपिन्समाथि २-० को सहज जित निकालेको हो ।

स्विट्जरल्यान्डलाई  जित दिलाउन रमोना बचम्यान र सेरेना सेभेरिन पिउबेलले समान एक गोल गरे । खेलको ४५औं मिनेटमा बचम्यानको पेनाल्टी गोलमार्फत स्विट्जरल्यान्डले अग्रता लिएको थियो ।

६५औं मिनेटमा पिउबेलले गोल गर्दै टोली २-० को सहज जित दिलाइन् । जितसँगै समूह ‘ए’ को स्विट्जरल्यान्डले तीन अंक जोड्दा फिलिपिन्सले हारबाट प्रतियोगिताको सुरुआत गरेका छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नै सम्पन्न खेलमा क्यानडा र नाइजेरियाले गोलरिहत बराबरी खेलेका थिए ।