चैत्र १८, २०८२ बुधबार | १६:२५:३२
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

नेपाल आइपुग्यो च्याम्पियन टोली

काठमाडाैं । बंगलादेशविरुद्धको २ खेलकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखला जितेको नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । टोली दिसँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ,उपाध्यक्ष दीर्धबहादुर केसी महासचिव किरण राई, केन्द्रिय सदस्य भरत बुडथापा लगायतका पदाधिकारीले स्वागत गरेका थिए । 

आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएपछि नेपाल पेनाल्टी सुटआउटमा ४-२ ले विजयी भएको थियो । जितसँगै नेपालले २ खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखला १-० ले आफ्नो पक्षमा पारेको थियो । पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।

पेनाल्टी सुटआउटमा वैकल्पिक गोलकिपर अन्जना रानामगरले २ पेनाल्टी बचाएपछि नेपालले जित निकालेको हो ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा सावित्रा भण्डारी, हीराकुमारी भुजेल, दिपा शाही र अनिता केसीले गोल गरेका थिए । गोलकिपर अन्जनाको प्रहार भने पोलमा लागेर फर्किएको थियो ।

बंगालदेशका लागि शम्सुन्नहार र मोनिका चक्माले गोल गर्दा शेइली अजिम र मारिया मान्डाको दुबै प्रहार अन्जनाले बचाएकी थिइन् ।

नेपालले चीनमा असोज दुईबाट हुने एसियाली खेलकुदको तयारी स्वरुप बंगादेशसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको हाे । प्रशिक्षक थापाले दुई मैत्रीपूर्ण खेलबाट टोलीले राम्रो अनुभव बटुलेको र एसियन गेम्समा राम्रो प्रदर्शन गर्न मद्दत पुग्ने प्रतिक्रिया दिएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो