यु २१ युरोपियन च्याम्पियनसिप

इङ्ल्यान्डलाई उपाधि

लन्डन । जेम्स ट्राफोर्डले खेलको अन्तिम समयमा पेनाल्टी जोगाएसँगै इङ्ल्यान्डले शनिबार स्पेनलाई १-० ले निराश पार्दै यु २१ युरोपियन च्याम्पियनसिप जितेको छ । 

जर्जियामा सम्पन्न फाइनलको नतिजा आफ्नो पक्षमा पारे सँगै  इङ्ल्यान्डले यु २१ युरोपियन च्याम्पियनसिपमा ३९ वर्षपछि उपाधि खडेरी समेत तोड्न सफल भएको छ । 

इन्जुरी समयको छैटौ मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएका थियो । ट्रफोर्डले अबिल रुइचको प्रहार विफल पारेका थिए । यससँगै स्पेनले खेलमा फर्कने अवसर खेर फालेको थियो । 

पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा कर्टिस जोनले गरेको गोल इङ्ल्यान्डको जितका लागि निर्णायक बन्यो ।

इङ्ल्यान्डले पछिल्लो पटक सन् १९८४ मा यु २१ युरोपियन च्याम्पियनसिप जितेको थियो ।