रियाल मड्रिड

क्रुस थप एक वर्ष रियालमै रहने

काठमाडौं। जर्मन मिडफिल्डर टोनी क्रुसले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् ।

नयाँ सम्झौता अनुसार ३३ वर्षीय क्रुस सन् २०२४ को जुन ३० सम्म रियालमा रहने छन् ।

क्रुस सन् २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट सान्टियागो बर्नाबेउ भित्रिएका थिए ।

रियालकम लागि क्रुसले चार च्याम्पियन्स लिग, पाँच क्लब विश्वकप, तीन स्पेनिस ला लिगा, चार युरोपियन सुपर कप, तीन स्पेनिस सुपर कप र एक कोपा डेल रे उपाधि जितेका छन् ।