टोटनहम

कुलुसेभस्की स्थायी रूपमा टोटनहममा अनुबन्ध

काठमाडौं । प्रिमियर लिगको क्लब टोटनहमले स्विडिस विंगर डेजन कुलुसेभस्कीलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

टोटेनहमले इटालियन क्लब युभेन्ट्सबाट कुलुसेभेस्कीलाई पाँच वर्षको सम्झौतामा अनुबन्ध गरेको हो ।

२३ वर्षीय कुलुसेभस्की सन् २०२२ मा लोनमा टोटनहम आएका थिए। उनले टोटनहमका लागि ५७ खेलमा सात गोल गरिसकेका छन् ।