चैत्र ११, २०८२ बुधबार | २३:०५:५१
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

बेन्जेमाले रियाल छाडे


मड्रिड । कप्तान तथा स्ट्राइकर करिम बेन्जेमाले स्पेनिस क्लब  रियाल मड्रिड छाडेका छन् । बेन्जेमा आइतबार क्लबबाट अलगिएका हुन् ।

रियालले  आइतबार  विज्ञप्ति जारी गर्दै बेन्जेमा क्लबबाट अलगिएको जानकारी दिएको हो । क्लबले मंगलबार आफ्ना लिजेन्डरी खेलाडी बेन्जेमालाई विशेष सम्मानका साग बिदा गर्ने पनि बताएको छ ।

‘रियाल मड्रिड फुटबल क्लब र कप्तान करिम बेन्जेमा, खेलाडीको रुपमा उत्कृष्ट र अवस्मरणीय समयको अन्त्य गर्न सहमत भएका छन् ।
‘रियाल मड्रिड आफ्नो लिजेन्डरी खेलाडीप्रति कृतज्ञता र सम्मान व्यक्त गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 बेन्जेमा सन् २००९ मा २१ वर्षको उमेरमा  क्लबमा आबद्ध भएका थिए । क्लबको सुनौले वर्षहरुमा बेनजेमा महत्वपूर्ण सदस्य रहे । १४ वर्ष क्लबको प्रतिनिधित्व गरेका बेन्जेमाले ऐतिहासिक २५ उपाधि जिते जसमा पाँच युइएफए च्याम्पियन्स लिग, पाँच क्लब विश्वकप, चार युइएफए सुपर कप, चार ला लिगा, चार किङ्स कप र चार स्पानिस सुपर कप समावेश छन् ।

करिम बेन्जेमा वर्तमान बालोन डि’अर र युइएफए वर्ष खेलाडी हुन् । क्लबले कीर्तिमानी चौधौं च्याम्पियन्स लिग जित्दा बेन्जेमाले सर्वाधिक १५ गोल गरे । क्लबको जर्सीमा ६४७ पटक खेलेका बेन्जेमाले ३५३ गोल गरेका छन् । ला लिगा र च्याम्पियन्स लिगमा बेन्जेमा क्लबका लागि दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनी समग्र च्याम्पियन्स लिग र ला लिगा इतिहासको उच्च गोलकर्तामा चौंथो स्थानमा पर्छन् ।

‘रियाल मड्रिडमा करिम बेन्जेमाको करियर आचरण र व्यावसायिकता उदाहरणीय रहेको छ, र उनले क्लबको मूल्यमान्यताको प्रतिनिधित्व गरेका छन् । उनलाई आफ्नो भविष्य निर्णय गर्ने अधिकार छ,’ विज्ञप्तिमा भनिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो