
काठमाडाैं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न म्यानमार जाने नेपाली टोलीको बिदाइ भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टोलीको बिदाइ गरेको हो ।
छनोटको समूह ‘बी’ मा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेइ छन् ।
नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ ।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–०ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
नेपाली टोली
गोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसान
रक्षकः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य
फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन