इन्टर मिलान

इन्टरको सुखद अन्त्य

मिलान । इन्टर मिलानले टोरिनोमाथि १-० को जितसहित इटालियन सिरी ए मा यस सिजन सुखद अन्त्य गरेको छ । 

३८ खेलमा ७२ अंक जोड्दै तेस्रो स्थानमा बसेको इन्टर मिलान यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भैसकेको छ ।सिरी ए विजेता नेपोलीको ३७ खेलमा ८७ अंक रह्यो भने दोस्रो स्थानको लाजियोको ३८ खेलमा ७४ अंक रह्यो । त्यस्तै चौथो स्थानको एसी मिलानको ६७ अंक रहेको छ । 

३७औं मिनेटमा मार्सेलो ब्रोजोभिचले गरेको गोल इन्टरको जितमा पर्याप्त बन्यो । इन्टरले यस सिजन कोपा इटालियाको समेत उपाधि जितेको थियो । 

इन्टरले जितसहित च्याम्पियन्स लिगको फाइनलका लागि मनोबल समेत उच्च पारेको छ । इन्टरले जुन १० मा हुने च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।