डिएफएल पोकल

लाइपजिकलाई उपाधि

बर्लिन । क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्जालियाको समान एक गोलमा फ्रयांकफर्टमाथि २-० को जितसहित आरबी लाइपजिकले शनिबार डिएफएल पोकलको उपाधि रक्षा गरेको छ । 

एनकुन्कुका लागि लाइपजिकबाट यो अन्तिम खेल बन्न सक्छ । उनी इङ्लिस प्रिमियर लिगको क्लब चेल्सी जाने सम्भावना रहेको छ । एनकुन्कुले ७१औं मिनेटमा लाइपजिका लागि गोल खाता खोलेका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा डोमिनिकले लाइपजिकको अग्रता दोब्बर पारेका थिए । 

लाइपजिकले यस सिजन बस्दै जर्मन बुन्डेसलिगामा तेस्रो स्थानमा सिजनको अन्त्य गरेको थियो । डिएफएल पोकलको पछिल्लो पाँच सिजनमा लाइजिक चार पटक फाइनल प्रवेश गरेको छ भने दुई पटक उपाधि जितेको छ । लाइजिक जर्मनको घरेलु प्रतियोगिताको उपाधि रक्षा गर्ने आठौं टोली हो ।