वेल्स

बेल वेल्सको प्रशिक्षण टोलीमा नभित्रने पेजको दाबी

लन्डन । वेल्सका प्रशिक्षक रब पेजले पूर्वकप्तान गारेथ बेल राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण टोलीमा समावेश नहुने बताएका छन । 

बेलले जनवरीमा व्यावसायिक खेलजीवनबाट बिदाई लिएका थिए । बेलले व्यावसायिक रुपमा अलग भए पनि फुटबलबाट भने पूर्णरुपमा अलग नभएको बताएका थिए । पेजले पनि बेललाई प्रशिक्षण टोलीमा राख्ने संकेत गरेका थिए । 

बेलले वेल्सबाट एक सय ११ खेल खेलेका थिए । उनी वेल्सबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन । 

पेजले बेल तत्काल प्रशिक्षण टोलीमा भित्रने सम्भावना नरहेको बताए । 

‘मैले सोमबार मात्र बेलसँग कुरा गरेको थिए र म आगामी  साता पनि उनीसँग छलफलका लागि बस्छु,पेजले भने, ’उनी कुनै न कुनै रुपमा राष्ट्रिय टोलीसँग जोडिने चाहानामा छन तर प्रशिक्षण टोलीमा भने उनी हुनेछैनन । अहिले उनी आफ्नो संन्यासमा रमाइरहेका छन ।'